नेफ्टा अवार्ड ‘फिल्म क्षेत्रकै फेस्टिबल’
screennepal
प्रकाशित: २०७१, १६ भाद्र सोमबार
no img

काठमाडौं । अभिनेता÷निर्देशक नीर शाहले नेफ्टा अवार्डलाई फिल्म क्षेत्रको फेस्टिबलको संज्ञा दिएका छन् । यो अवार्ड बिना फिल्म क्षेत्रको वार्षिक क्यालेन्डर नै अपुरो हुने बताउँदै उनले अवार्डको तारिफ गरेका हुन् ।
पछिल्लोपल्ट मलेशियामा अवार्ड IMG_35741सम्पन्न भएपछि नेफ्टाको उचाइ बढेको छ । यसपटक पनि नेफ्टाले हङकङमा अवार्ड कार्यक्रम गर्ने तय गरिसकेको छ ।
नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको अवार्डलाई यसपल्ट नेपालकै चर्चित ज्वलरी कम्पनी श्री रिद्दीसिद्दीले पनि साथ दिने भएको छ । आइतवार बेलुका राजधानीमा एक कार्यक्रम गर्दै रिद्दीसिद्दी मुख्य प्रायोजकका रुपमा नेफ्टासँग जोडिएको हो । नेपाल चलचित्र पा्बिधिक संले एस के प्रोडक्शन सहकार्य गर्दै हङकङ भब्य कार्यक्रम गर्ने तयारी गरिरहेको छ । फिल्म निर्माता सुनिल कुमार थापाको पहलमा यसपटक हङकङमा सय भन्दा बढी कलाकारसहित कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले विदेशमा नेपाली फिल्मको अवार्ड हुनु खुशीको कुरा रहेको बताए ।
चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले सुरुमा काम गरेर देखाउन आफूहरु लालायित रहेको बताए । उनले कुरा काट्नेहरुलाई लक्षित गर्दै ‘हात्ती लम्कदै गर्छ, कुकुर भुक्दै गर्छ’ भने ।

Comments