हेर्नुहोस् सौगातको ‘राजा’ रुप
screennepal
प्रकाशित: २०७१, ६ भाद्र शुक्रबार
no img

काठमाडौं । नेपालका राजाका अघि श्री ५ लगाइन्थ्यो । अहिले न राजा संस्था छ, न त्यो परिवारका सदस्यका अघि श्री ५ लगाइन्छ । तर, शक्तिको प्रतिकका रुपमा मानिने श्री ५ लाई लिएर फिल्म बनेको छ, ‘श्री ५ अम्बरे’ ।
शक्तिका लागि लालायित युवाको कथामा आधारित फिल्म ‘श्री ५’ अम्बरेले मंसिर ५ गते रिलिज मिति तोकेको छ । ‘इतिहासमा नाम नसुनिएका यि राजा को होलान् भन्ने जिज्ञासा मंसीर ५ गते मेटिनेछ,’ निर्माता जीवनसाथी बस्नेत भन्छन् । फिल्मको पोष्टरमा सौगात मल्ल त्यो नयाँ राजाको रुपमा देखिएका छन् । फिल्ममा केकी अधिकारी, प्रियंंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई , माटिर्न खान, राज गोदाइली आदीको अभिनय रहेको छ । अभिमन्यु निरवीले लेखेको यो चलचित्रलाई ‘अन्तराल’ निर्देशक दिपा बस्नेतले निर्देशन गरेकि हुन् । 10294229_706129722773793_6191253151934005_n
चलचित्रको सम्पूर्ण पोष्ट प्रोडक्सनको कार्य लगभग सकिएको छ । यस चलचित्रमा कृष्णहरि बराल, कालीप्रसाद बा“स्कोटा, यमबुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बा“स्कोटा, बाबु बोगटी, तथा यमबुद्धले संगीत गरेका छन् । चलचित्रको गीतलाइ शिव परियार, यम बुद्ध, मिलन अमात्य, सनुप पौडेल आदीले स्वर भरेका छन् । चन्दन दत्तको सम्पादन रहेको चलचित्रलाइ गण्ँेश श्रेष्ठले छाया“कन गरेका हुन् । टिएन आचार्य र दिपक आचार्य निर्माता रहेको उक्त फिल्मलाई डिजिटल सिनेमा नेपालले वितरणको जिम्मा लिएको छ ।

Comments