नर्स बन्न चाहन्थिन् नन्दिता
screennepal
प्रकाशित: २०७१, ५ भाद्र बिहीबार
no img

–विश्वास खड्काथोकी
जीवन सरल रेखामा चल्दैन । समयले हुत्याएर कसलाई के बनाईदिन्छ त्यसको कुनै ठेगान हुँदैन । मानिसहरुले जीवनका लक्ष्य त कोरेका हुन्छन्, तर समयसँगको सम्झौतासँगै पुर्वतिरको यात्रा तय गरेकाहरु पनि पश्चिम फर्कन बाध्य हुन्छन् । यो त आमा मानिसको वास्तविकता भयो । यहि वास्तविकताको पात्र हुन् अभिनेत्री नन्दिता केसी पनि । एक दशक अगाडि नेपाली रजटपटमा प्रवेश गरेपछि नन्दिताले फिल्म नपाएर कहिल्यै खाली बस्नु परेन । तर पहिलो पटक काचको स्क्रिनमा अभिनय गर्नुपूर्व उनलाई न फिल्मबारे केहि जानकारी थियो, न त अभिनय मेरो जीवन हो भनेर कल्पनानै गरेकी थिईन् ।

nandita

नन्दिता केसी                                                                                                तस्बिरः शिवलाल श्रेष्ठ

सपना नर्सको थियो । तर विपना फिल्म भैदियो । लक्ष्य त विरामीको सेवा गर्ने हो । तर समयले नन्दितालाई अभिनयतिर धकेलिदियो । उनै नन्दिता अहिले सफल अभिनेत्रीको रुपमा स्थापित छिन् । ‘मेरो सानैदेखि सेवा गर्ने रहर थियो । मेरो घर अर्घखाचीको गाउँमा भएकाले हस्पीटलहरु त्यति धेरै थिएनन् । मलाई लाग्यो विरामीलाई सेवा गर्न म नर्स बन्छु । मैले सधै नर्सकै बारेमा सोच्थे’, नन्दिताले आफ्नो युटर्नबारे खुलाशा गर्छिन् –‘तर म पाल्पामा प्लसटु पढ्दै गर्दा बुटवलमा एउटा भिडियो बन्दै रहेछ । त्यसको लागि नयाँ एक्टरको खोजि भइरहेको रहेछ । उहाहरुले मेरो फोटो हेर्नु भयो र मलाई अफर गर्नुभयो । अनि पारीवारिक सल्लाहामा मैले डिसिजन गरे । लकमा जे लेखेको छ त्यो हुँदो रहेछ ।’ नृत्यमा भने नन्दिताको ठूलो शोक रहेछ । हुन त यहाँ बैज्ञानिक बन्छु भनेर हिडेका मानिसहरु शिक्षक भएर थन्कीएको उदाहरण पनि छन्, किशानका छोरा डक्टर पनि भएका छन् ।
१२ कक्षाको परिक्षा दिएर डान्स प्रशिक्षणको लागि काठ्माण्डौ छिर्नु नन्दिताको लागि आफैमा सुनौलो अवसर बन्यो । डान्स सिक्नको लागि राजश्रीमा छिरेकी १८ वर्षिय नन्दिता त अभेनेत्री बनेर पो उदाइन् । ‘राजु शाहा, किशोर ढकाल, लक्ष्मी ढकाल लत ग्रुपको बुहारी मुभि हिट भएपछि उनीहरु इन्द्रेणीको तयारीमा दिए । त्यसमा कान्छी छोरीको भूमिकाको लागि एउटा अभिनेत्री चाहिएको रहेछ’, नन्दिताले भनिन् –‘मेरो डान्स राम्रो थियो । अडिसन लिएपछि म फिल्मको लागि सेलेक्ट भए । त्यहाँबाट मेरो करिअर स्टार्ट भयो ।’ उनी पहिलो फिल्ममै तत्कालि समयका हिट स्टरहरु विपना थापा, भरन थापा, दिलिप रायमाझि, शुशिल क्षेत्री, सुनिल थापा, सुमिना श्रेष्ठसँग अभिनय गर्न पाईन् । इन्द्रेणी पनि हिट भयो नन्दिताले पनि चर्चा पाईन । भन्छिन् –‘त्यत्रो स्टारहरुको बीचमा म त विलाउँनु पर्ने हो, तर मलाई धरैले नन्दिता भनेर चिने ।’ काठमाण्डौले नन्दितालाई डान्सर होइन अभिनेत्रीनै बनाईदियो ।
करिअरको सुरुवातसँगै नन्दिताले कहिल्यै पछि फर्केर हेर्नु परेन । नन्दिताले पनि आफुलाई लक्कीनै ठान्छीन् । इन्द्रेनीको नतिजा नआउँदै नन्दिता तुलसी घिमिरेको क्याम्पसमा छिरीसकेकि थिईन । अर्थात घिमिरेको नेपाल टेलिभिजनमा प्रशारण हुने सिरीयल दर्शन जिन्दगीमा अभिनय गर्न थालिन् । त्यस लगत्तै परिचय सिरीयलबाट पनि आफ्नो हैसियत कायम गरीन् । अझ उनलाई चर्चामा पु¥याएको त आलोक नेम्वाङको साननानी भन्ने म्युजिक भिडियोले रेहेछ । नन्दिताले ओठमा मुस्कान छर्दै खुशि व्यक्त गर्छिन् –‘मलाई सबैभन्दा बढि हिट बनाएको साननानीको भिडियोले हो । त्यसपछि मलाई विदेशबाट निकै कार्यक्रमको अफर अउँन थाल्यो । म हरेक काम गर्दा एक एक स्टेप चढ्दै गए ।’
नन्दिता शिव रेग्मीको क्याम्पसम्म पनि पुगिन् । हामी ती भाईको अभिनयले नन्दितालाई अझ चर्चाको चुलिमा पु¥यायो । उनी अझ व्यस्त हुन थालिन् । फिल्मको अफर बढ्न थाल्यो । उनी अगाडि बढ्दै गईन । नन्दिता बोल्दै जान्छिन् –‘म करिअर शुरु गरेको ७, ८ वर्ष पछि त एकदमै व्यस्त भए ।’
कतिपयले फिल्म करिअरको लागि घरखेतनै बेचेका छन् । कसैको जीवननै बर्बाद भएको छ । वर्षौ मेहनत गर्दा पनि फिल्ममा स्थापित हुने कतिको चाहाना तुहिएका छन् । तर नन्दितालाई करिअरको लागि संघर्षनै गर्नु परेन भन्दा पनि हुन्छ । उनले एक पछि अर्को फिल्म पाउँदै गईन, एक पछि अर्को खुड्कीला उक्लदै गईन् । उनको संघर्ष भनेको फिल्म हेर्नु र ऐना अगाडि गएर डाइलग बनाउदै अभिनय गर्नु भयो । ‘हो मैले स्ट्रगल गर्न परेन । काम नपाएर कहिल्यै भौतारीनु परेन, ग्याप बस्नु पनि परेन’ –नन्दिताको स्वीकारोक्ति छ ।
नन्दिता यो मानेमा पनि लक्की छिन् की उनले यो यात्रामा न कसैको मिस विह्याव सहनु प¥यो न त पारीश्रमिकमानै ठगिनु प¥यो । ‘मलाई कहिल्यै अप्ठेरो परेन । आफु सरह विहेव हुन्छ मान्छेमा । म फ्यामिलियर र सबैलाई रेस्टपेक्ट गर्ने खालकी छु र शुरुदेखिनै राम्रो व्यारमा काम गरेर पनि होला त्यस्तो समस्या परेन ।’ दुईवटा फिल्ममा एकै पटक काम गर्ने निर्णयले भने उनलाई निकै गाह्रो पारेछ । ‘युद्ध र बसमा छैन योमन गर्दा सात आठ दिनसम्म एकदमै गाह्रो भयो । नाटइट सेड्युलमा शिव रेग्मीको फिल्ममा काम गरेपछि दुई घण्टा नवित्दै अर्को गाडि लिन आइहाल्थ्यो । त्यसपछि दुई फिल्म सँगै नगर्ने निर्णय गरे ।’
नन्दितालाई अहिले आएर पहिलेको समय सोच्दा अचम्म लाग्दो रहेछ । नर्स बन्छु भनेको, कमर्सको पढाई, स्कुलको पनि जेहेन्दार विद्यार्थी, न एक्टीङ सिकेको, तर पनि फिल्मी करिअरमा स्थापित बने पछि अचम्म लाग्नु स्वभाविक पनि हो । उनले भन्छिन् –‘म सानो देखिनै डान्स गर्ने गर्थे, डान्स गर्ने भनेपछी स्कुलमा मेरो नामनै अगाडि आउँथ्यो । डान्सले अभिनयमा पनि सापोर्ट हुँदो रहेछ ।’ तर उनले पढाईलाई भने निरन्तरता दिन सकिनिन् । ‘म बढी व्यस्त भएर पनि पढ्न सकिन । कलेज जोइन्ड पनि भए । कति पटक त फर्म पनि भरेको थिए’, –नन्दिताले हासिन् । डेढ वर्षको रेस्ट पछि अहिले उनी कैफियत फिल्ममा व्यस्त छिन् । स्कीनको समस्याले गर्दा उनले फिल्म खेल्न नसकेको बताउँछिन् । नन्दिताले भनिन् –‘लेडिज स्टोर खोल्ने अन्तिम तयारीमा थिए । त्यसपछि मेरो स्कीन प्रवल्म भयो । डक्टरले ९÷१० महिनासम्म बाहिर ननिस्कन भनेको थियो । फ्याट्ट फुट्ट भिडियो र बाहिरतिरको एक दुईवटा शो मात्र गरे ।’ विजनेश भने अझैसम्म शुरु नगरेका नन्दिताले विजनेश भनेर गरेरै छाड्ने बताउँछिन् । अब भने उनी लगतार व्यस्त हुँदैछिन् । उलने कैफियत लगत्तै साउनदेखि लय संग्रौलाको फिल्म लोग्ने मान्छे शुरु गर्दै छिन् । त्यसपछि पनि रेञ्जर, बाबरी, मझेरी लगाएतका फिल्म लाईनमा छन् । नन्दिताले आफ्नो सफलताको प्रतिफल मेहनत र आफ्नो परिवारलाई दिन्छिन् । परिवारले सुरुदेखि अहिलेसम्म पनि सपोर्ट गरेको र यो फिल्डमा भएकोमा बुवा, आमा खुशि रहेको बताइन् ।
कर्पाेरेटबाट

Comments