लोकगायक सरोजगोपालको निधन (उनले गाएका केही लोकप्रिय गीतसहित)
screennepal
प्रकाशित: २०७१, २९ श्रावण बिहीबार
no img

पोखरा । पोखरामा बस्दै आएका लोक गायक सरोजगोपाल बज्राचार्यको बिहीवार बिहान ६५ वर्षको उमेरमा निधन भएको छ ।Saroj-gopal

देउराली उकाली चढेर
बिजयपुर खोला तरेर 
सानीलाई बोलाँउदा बोल्दिन
पर्नु पीर पर्‍यो 
ज्यानलाई पर्नु पीर पर्‍यो ….

उनको यो गीत अहिले पनि उत्तिकै सुनिनेमध्य पर्छ 

पोखरा १ बगर स्थित निवासमा सुतेकै अवस्थामा उनको मृत्यु भएको थियो । बुधवार बेलुका परिवारका अन्य सदस्यसंग खानपिन गरेर सुतेका बज्राचार्य बिहान आठ बजेसम्म नउठेपछि छोरी उठाउन गएकी थिईन । तर, छोरी उठाउन जाँदा उनि अचेत भईसकेका थिए । बुबा नउठेपछि छोरीले नजिकैको मेडिकलवाट चिकित्सक बोलाएर ल्याएपनि चिकित्सकले राती ३ बजेतिरै मृत्यु भएको घोषणा गरेका थिए।

बुधवार बेलुकासम्म बज्राचार्य सकुशल थिए कबि तीर्थ श्रेष्ठले दिएको जानकारी अनुसार बुधवार बेलुका ९ बजेसम्म टोलको मिटिङमा बसेका थिए । लामो समयदेखी मधुमेय र उच्च रक्तचापका बिरामी रहेका बज्राचार्यको देउराली उकाली चढेर, नक्कलीलाई भगाई लग्यो झिल्केले लगायत अन्य केही गीत चर्चित छन् । विषेश त लोकगीतमा दख्खल राख्ने बज्राचार्यले लामो समयसम्म रेडियो नेपालको पोखरा स्थित क्षेत्रिय प्रशारण केन्द्र र केही समय माछापुच्छ्रे एफएममा पनि काम गरेका थिए ।

परिवारले गोपाल बज्राचार्य नाम राखेपनि उनले कलाकार जातपात भन्दा माथी हुन्छ भन्दै आफ्नो नाम सरोजगोपाल राखेका थिए । परिवारका सदस्यले दिएको जानकारी अनुसार उनको आजै दाहसंस्कार गरिनेछ ।

सरोजगोपालले गाएका गीतहरू:
https://www.youtube.com/watch?v=N80jMah31MI
https://www.youtube.com/watch?v=J2w5R7J8WGY
https://www.youtube.com/watch?v=aGkN599LS4s

Comments