भूकम्पबारे नाट्य संगीत प्रतिष्ठानको सांस्कृतिक अभियानमा
screennepal
प्रकाशित: २०७२, १२ जेष्ठ मंगलवार
no img

काठमाडौं । महाभूकम्पपछि महिला तथा बालबालिकाको त्रासलाई घटाउन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिदेखि प्रज्ञा सभा सदस्यसम्म अहिले गाउँगाउँमा छन् । ‘भूकम्पसम्बन्धी सांस्कृतिक जनचेतना अभियान’अन्तर्गत उनीहरुले महाभूकम्प वित क्षेत्रमा नाचगान तथा अभिनयमार्फत मनोथेरापी कार्य गरिरहेका छन् । विभिन्न स्थानमा राहत प्रदान र राहत कोष स्थापनासँगै रकम सँकलन पछि उनीहरु भूकम्प पीडित महिला बालबालिकामा त्रास हटाउन यस्तो अभियानमा जुटेका हुन् ।

???????????????????????????????

यो अभियान अन्तर्गत उपकुलपति शम्भुजीत बासकोटाको सँयोजकत्वमा विभिन्न कलाकारको समुहले काठमाडौं उपत्यकाको आसपासमा जनचेतना मुलक साँस्कृतिक कार्यक्रम गर्दै आएको छ । यसै क्रममा मँगलबार दिउँसो सुरेश चन्द, हरिशरण खनाल सहितका तथा कलाकारले कर्तिपुरको बागभैरब क्षेत्रमा नाटक, गीतसँगीत, नृत्य आदिबाट स्थानीयको पीडा भूलाउने कार्य गरे । सोही समुह अन्तर्गत अभिनेता कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल, हस्य कलाकार सुरबीर पण्डित लगायतले भक्तपुरका विभिन्न स्थानमा यस्ता कार्यक्रम गररहेका छन्,‘आफ्नो घर भित्र कलाकार प्रबेश गरेर बसिदिएपछि घर भित्र पस्न डराएका बालबालिकाले हिम्मत गरेर घर पसे । उनीहरुले कलाकारसँगै रमाईलो पनि गरे ।’ बालिबालिकालाई कलाकारले भयमुक्त गराउन उनीहरुले नृत्य, क्यारिकेचर, नाटक लगायत विभिन्न खेलबाट मनोरञ्जन दिँदै घरभित्र गएर बस्न प्रेरित गरेको पनि बासकोटाले बताए । उनको सँयोजकत्वमा कर्तिपुर पछि काठमाडौंको बुढानिलकँठ, जितपुर फेदी, ललितपुरको हरिसिद्धी, भक्तपुरको मध्यपुर र ठिमीसँगै धादिङ र नुवाकोटका विभिन्न गाउँमा यस्ता कार्यक्रम हुँदैछन् । जसका लागि विभिन्न कलाकारको समुह बनाईएको पनि उपकुलपति बासकोटाले जानकारी गराए ।
कुलपति सरुभक्तले विभिन्न कलाकारको तीन ओटा समुह बनाएर अहिले पोखरामा कार्यशाला गरिरहेका छन् । हिमाली सँस्कृतिक परिवार सहित विभिन्न स्थानीय कलाकारलाई समेटेर बनाईएको यो समुहले गोरखा, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दिका विभिन्न स्थानमा ‘भूकम्प सम्बन्धी सांस्कृतिक जनचेतना अभियान’ सञ्चालन गर्दैछन् । यस्तै कुलपतिको सँयोजकत्वमा डा. मुरारी पराजुलीको अध्यक्षतामा गठित कलाकारको समुहले भैरहवा, बुटबल लगायतका क्षेत्रमा भूकम्प सम्बन्धी सांस्कृतिक जनचेतना अभियान कार्यक्रम गर्दैछ । कार्यक्रम बारे कुलपति सरुभक्तले भने,‘अहिले हामी विभिन्न रमाईला खेला, नाटिका, गीत, सँगीत नृत्य मार्फत महिला तथा बालिकामा भूकम्पको त्रास कम गराउँदै उनीहरुमा भूकम्प बारे चेतना जगाउन यस्तो कार्यक्रम सुरु गरेका हौं ।’

???????????????????????????????
प्राज्ञ परिषद सदस्य पुष्कर गुरुङले एक साता अघिबाटै नाट्यकर्मी रामबाबु रेग्मी सहित स्थानीय कलाकारसँग मिलेर दोलखाको चरिकोट लगायत स्थानका बालबालिकालाई नाट्य थेरापी गराईरहेका छन् । यस्तो थेरापीले बालबालिका सामान्य भूमकम्पको त्रासाबाट सामान्य जीबनमा फर्कन थालेको गुरुङले बताए स्थानीय युनाईटेड दोलखाका कलाकार मार्फत दोखलाका दर्जनौ बिधालयमा यो अभियान सुरु हुने थलेको पनि उनले बताए ।
सदस्य सचिब गणेश रसिक अहिले इलाममा छन् । ‘भूकम्प सम्बन्धी सांस्कृतिक जनचेतना अभियान’ लिएर उनी इलामा पुगेका हुन् । स्थानीय कलाकारलाई समेटेर विभिन्न समुह बनाई झापा ईलाम र पाँचथरमा कार्यक्रम सुरु गर्न लागेको रसिकले बताए ।
प्राज्ञ परिषद सदस्य रमेश रञ्जन झाले जनकपुरलगायत स्थानीय क्षेत्रकलाकारसँग आफु सम्लग्न भएर ‘भूकम्प सम्बन्धी सांस्कृतिक जनचेतना अभियान’ सुरु गर्दैछन् । सिन्धुली सहित महोत्तरी, धनुषा, सिराहा, सप्तरी, मोरङ जिल्लाका विभिन्न बिधालयमा पुगेर बालबालिका माझ यो अभियान सञ्चालन गर्न लागेको झाले बताए । अर्का प्राज्ञ परिषद सदस्य उदयचन्द्र श्रेष्ठ विभिन्न कलाकार सहित ‘भूकम्प सम्बन्धी सांस्कृतिक जनचेतना अभियान’ लिएर ओखलढुँग पुगेका छन् । त्यहाँका विभिन्न क्षेत्रमा आफुले यो अभियान सञ्चालन गर्न लगेको उनले बताए ।
प्राज्ञ परिषद सदस्य माधब प्रधानले हस्य कलाकार मनोज गजुरेल सहित विभिन्न कलाकार समेटेर शुक्रबार ललितपुरको चापागाउँमा ‘भूकम्प सम्बन्धी सांस्कृतिक जनचेतना अभियान’ कार्यक्रम गर्दैछन् । त्यसपछि आफ्नो समुहले यो कार्यक्रम काभ्रेको बनेपा, चितवनको रत्ननगर र सुनसरीको धरानमा सम्पन्न गर्ने प्रधानले बताए ।
प्राज्ञ परिषद सदस्य उन्नती शिला बोहराले काठमाडौं उपत्यका आसपासका महिलाहरुलाई विभिन्न समुह बनाएर महिला कलाकार मार्फत ‘भूकम्प सम्बन्धी सांस्कृतिक जनचेतना अभियान’ गर्दैछिन् । अर्की प्राज्ञ परिषद सदस्य पवित्रा घर्ती मगर ‘भूकम्प सम्बन्धी सांस्कृतिक जनचेतना अभियान’ लिएर दाङ पुगेकी छिन् । आफुले दाङ, प्युठान, सल्यानका विभिन्न विधालयमा यो अभियान सञ्चालन गर्न थालेको उनले बताइन् ।

Comments