यस्तो छ- प्रेममा दीपिकाको जीवनका उताव–चढाव
screennepal
प्रकाशित: २०७१, २२ पुष मंगलवार
no img

मुम्बई । बलिउड अभिनेत्रीे दीपिका पादुकोणले सोमबार २९औँ जन्मदिन मनाइन् । यी डिम्पलवाली अभिनेत्री दीपिकाले आफ्ना मुस्कानले लाखौँ दर्शकलाई मन्त्रमुग्ध पार्न सफल भएकी छन् । तर, आफ्नो सपनाको राजकुमार दिलमा सजाउन कन्जुसाई गर्दैआएकी छन् । दीपिकाको फिल्मी करिअर सफल भएपनि लभ लाइफ सोचेजस्तो छैन । उनका पछाडि अभिनेतादेखि बिजनेसम्यानसम्म लागे तर, सफल भएनन् उनलाई पाउन ।

Deepika-Padukone-Wallpaper-23
दीपिकासँग धेरै नाम जोडिए तर ती नाम नाममै सिमित भए । दीपिकाले मोडलिङमा करिअर बनाइरहेका बेला मोडल निहार पंड्यासँग डेट गरेकी थिइन् । निहारको परिवार पनि दीपिकाको निकै हेरविचार गर्ने गर्दथ्यो तर दीपिकाको बलिउड यात्राले उनीहरूबीच दूरी पैदा ग¥यो । त्यसपछि यी अभिनेत्रीको प्रेम टिम इन्डियाका पूर्वकप्तान महेन्द्र सिंह धोनीसँग भयो । धोनीले दीपिकालाई पटकपटक चर्चामा ल्याउन सफल भएको थियो । तर, पछिल्ले समय आफूहरू साथी मात्र भएको भन्दै दीपिकाले धोनीसँगको सम्बन्ध स्पष्ट पारिन् । त्यसपछि धोनीले सांक्षीसँग विवाह गरे । दीपिकाको नाम क्रिकेटर युवराज सिंहसँग पनि जोडियो । चर्चा यतिसम्म भयो, दुवैले विवाह गर्दैछन् । दीपिका र युवराज थुप्रैपटक थुप्रै होटल र रेस्टुरेन्टमा देखिएका थिए ।
यसपछि दीपिकाको जीवनमा बलिउडका रकस्टार भनिने रणवीर कपुरको इन्ट्री गरे । दुवैले ‘वचना ए हसिनो’ मा काम गरे । सुटिङका दौरान दुवैबीच सामिप्यता बढ्यो । दीपिकाले आफ्नो सम्बन्धलाई खुला रूपमा स्वीकार गरिन् । तर, उनको भाग्यमा अरू केही लेखिएको थियो । दीपिका र रणवीरको सम्बन्ध धेरैबेर टिकेन । रणवीरको अहिले कट्रिना कैफसँगको सम्बन्ध डेट छ ।
यति मात्र होइन, दीपकोको नाम बिजेनस टाइकुन विजय माल्याका छोरा सिद्धार्थ माल्यासँग पनि जोडियो । दीपिकालाई थुप्रैपटक सिद्धार्थको आइपिएल टिम ‘रोयल च्यालेन्जर्स ब्याङगलोर’ को समर्थन गरिरहेको देख्न पाइन्थ्यो । तर, त्यो पनि टिकाउ भएन । पछिल्ले समय दीपिका ‘रामलीला’ का को–स्टार रणवीर सिंहका साथ डेटिङमा छिन् । तर, उनीहरूले आपसी सम्बन्ध खुलाएका छैनन् । उनीहरूले मालदिप्समा नयाँ वर्ष २०१५ मनाएका थिए ।

Comments