बिष्णुमाया गुरुङको सल्ला धुपैलेको चर्चा चुलिँदो ( भिडियो सहित)
screennepal
प्रकाशित: २०७५, ३ चैत्र आईतवार
no img

चर्चित लोकदोहोरी गायिका बिष्णुमाया गुरुङ र गणेश गुरुङको स्वरमा रहेको सल्ला धुपैलेको चर्चा यतिबेला लोकदोहोरी क्षेत्रमा चुलिंदो छ।
केहि दिनको अन्तरलमै लाखौँ भ्युज कमाई सकेको सल्ला धुपैलेलाई गायक गणेशगुरुङले लय तथा शब्द संकलन गरेका हुन्।

गायिका बिष्णुमाया गुरुङको आफ्नै आधिकारिक युट्युब च्यानलबाट अपलोड गरिएको यस गीतलाइ २ हप्ताको बिचमा तीन लाखको हाराहारीमा हेरी
सकिएको छ।
सरल शब्द र ठेट नेपाली भाकामा रहेको यस गीतलाई मन पराइनु नै नेपालीपन र नेपाली लोकको गीत हुनु रहेको गायिका बिष्णुमायाको तर्क छ।
कौडा, सलैज्यो, रोइला , दोहोरि लगाएत दर्जनौ गीत संगीत बजारमा ल्याइसकेका बिष्णुमाया हाल नेपाली लोक दोहोरि गीत संगीतकै सम्बर्दन र जगेर्नाको निमित्त
विभिन्न क्रियाकलापहरु गर्दै आइरहेकी छिन्।

प्रकाश भट्टको निर्देशनमा खेम गुरुङ र बिनिता गुरुङको अभिनय तथा नृत्य रहेको यस गीतको म्युजिक भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने बिष्णु शर्माको सम्पादन रहेको छ।

बिशुद्ध नेपालीपन झल्कने म्युजिक भिडियोलाई सयौं दर्शकहरुले सकारात्मक कमेन्ट र सुझावहरु दिएका छन्।

Comments