रमला पाख्रिनको यस्तो छ ‘सालैजो’ (अडियोसहित)
screennepal
प्रकाशित: २०८०, २६ मंसिर मंगलवार
no img

काठमाडौं । गायिका रमला पाख्रिन तामाङले आफ्नो सालैजो गीतको अडियो युट्युबमार्फत सार्वजनिक गरेकी छन् । ‘म्हेन्दोमाया’ गीतका लागि चर्चित गायिका रमलाले केही समयअघिमात्र ‘धुन’ बोलको आफ्नो गीतको भिडियो ल्याएकी थिइन् । अहिले उनले ‘सालैजो’ सार्वजनिक गरेकी हुन् ।

युबी मङ्ग्रेसाको शब्दरचना रहेको यस ‘सालैजो’मा गायिका रमलासँगै युबीको स्वर रहेको छ । हालैमात्र आफ्नो नयाँ भिडियो सार्वजनिक गरेका कारण यस गीतलाई अडियोमा ल्याएको उनको भनाइ छ । ‘यो सालैजो गीतलाई पनि भिडियो बनाउने सोच बनाएकी छु’ गायिका रमलाले भनिन्, ‘तर, त्यसअगाडि अडियो सार्वजनिक गरेकी हुँ । दर्शक तथा श्रोताले रुचाएको खण्डमा चाँडै भिडियो बनाउने छु ।’

गायिका रमलाले हालसम्म ६ सयभन्दा बढी गीत गाइसकेकी छ्न् । ‘म्हेन्दोमाया साम्राज्ञी’को उपमा समेत पाएकी रमलाले तामाङ भाषाका अलावा नेपाली गीत पनि उत्तिकै गाउँदै आएकी छ्न् । तर, धेरैले उनलाई ‘म्हेन्दोमाया’ गायिकाका रुपमा चिन्ने गरेका छन् । यस गीतको अडियोलाई गायिका रमलाले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सावृजनिक गरेकी हुन् ।

Comments