‘पशुपति प्रसाद २ : भष्मे डन’ को गीत ‘प्रेम शरणम’ रिलिज (भिडियो)
screennepal
प्रकाशित: २०८०, ७ आश्विन आईतवार
no img

फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को दोश्रो गीत सार्वजनिक गरिएको छ । ‘प्रेम शरणम’ बोलको गीतमा गायक कालि प्रसाद बास्कोटा र गायिका स्वस्तिका ढकालको स्वर रहेको छ । सुशील पौडेल र कृष्ण भारद्वाजको शब्द रचना रहेको गीतमा सङ्गीत कृष्णकै रहेको छ ।

भिडियोमा फिल्मका मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको फिल्ममा खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको छ । फिल्ममा विपिनसँगै सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल, संजोग रसाइलीलगायतको अभिनय छ । खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी विशेष भूमिकामा छन् ।फिल्ममा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, किरण भुषाल, कृष्ण भारद्वाज तथा सुभाष भुषालको सङ्गीत छ ।फिल्म यही दशैं फुलपातिको दिन प्रदर्शनमा आउँदैछ ।

 

Comments