जब घरमा छोरीको आगमन भयो…
screennepal
प्रकाशित: २०७६, ११ फाल्गुन आईतवार
no img

बलिउडकी सदावहार सुन्दरी अभिनेत्री शिल्पा शेट्टी दोस्रो सन्तानकी आमा बनेकी छन् । यसअघि एक सन्तानकी आमा श्ल्पिाले शुक्रबार छोरीको जन्म दिएकी हुन् । यही शुक्रबार शिल्पा र उनका श्रीमान दिल्लीका उद्योगपति राज कुन्द्राले सामाजिक सञ्जालमार्फत् आफ्नो घरमा छोरीको आगमन भएको उल्लेख गर्दै खुसी व्यक्त गरेका छन् ।
शिल्पा र राजले आफ्नी छोरीको नाम शमिशा राखेका छन् । अभिनेत्री शिल्पाका अनुसार यो नाम राख्ने पुर्वयोजना नै थियो । उनले भनेकी छन्, ‘म २१ वर्षकी हुँदादेखि नै छोरी जन्मिए यही नाम राख्ने सोच बनाएकी थिएँ ।’ उनी छोरीको जन्म दिएपछि निकै खुसी छिन् । उनले भनिन्, ‘छोरीकी आमा बन्ने आज मेरो सपना पूरा भएको छ ।’
पछिल्लो पाँच वर्षयता आफूहरुले दोस्रो सन्तानका लागि प्रयास गरिरहेको समेत शिल्पाले भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यअसघि शिल्पा र राजका एक छोरा भियान छन् ।
भारतीय पत्रिका ‘मुम्बई मिरर’सँग अभिनेत्री शिल्पाले भनिन्, ‘हामीले दोस्रो सन्तानका लागि प्रयास गरेको पाँच वर्ष भयो । मैले ‘निकम्मा’ फिल्ममा साइन गरिसकेर पनि ‘हंगामा’का लागि समय दिइसकेको थिएँ । तर, फेब्रुअरीमा हामी फेरि आमा–बुवा बन्ने थाहा भयो । त्यसपछि हामीले सबै काम सारेका छौँ ।’ उनले अब केही वर्ष आफू छोरीका लागि समय छुट्टाएको बताएकी छन् ।

Comments