सलमान र आलिया को फिल्म २ सय करोडमा किनियो
screennepal
प्रकाशित: २०७६, १० भाद्र मंगलवार
no img

संजयलीला भन्सालीको निर्देशनमा बन्नेबलिउड दबंग नायक सलमान खान र नायिका आलिया भट्टको मुख्य भूमिका रहने चलचित्र ‘इन्शाअल्लाह’ निकै चर्चामा छ ।
फिल्म छायांकनको तयारीमा रहेको चलचित्रलाई लिएर धेरै नया नयाँ समाचार बाहिरिएको छ ।
छायांकन सुरु हुनु पूर्व नै यस फिल्मलाई १ सय ९० करोड रुपैयाँमा किनिएको भनेर समाचार बाहिर आइरहेको छ । भारतको थिएटर राइट्सका लागि एक वितरकले १ सय ९० करोड दिएका हुन् ।
समाचार माध्यमका अनुसार निर्देशक भन्सालीले जयन्तिलाल गडालाई फिल्म बेचेका छन् । जयन्तिलाल ‘पेन सिनेमाज’का संचालक हुन् । लभ कथामा निर्माण हुन लागेको चलचित्रमा सलमानले ४० वर्षिय व्यापारीको भूमिका निर्वाह गर्नेछन् भने आलियाले २० वर्षिय अभिनेत्रीको भूमिका निर्वाह गर्नेछिन् । छायांकनको तयारीमा रहेको यस चलचित्रलाई सन् २०२० को इदमा रिलिज गरिने भनिएको छ।

Comments