सलमान र अमिर खान एउटै फिल्ममा आउदै
screennepal
प्रकाशित: २०७६, ७ भाद्र शनिबार
no img

९० को दशकमा बनेको फिल्म ‘अन्दाज अपना अपना’ को सिक्वेलमा ठूला सुपरस्टार सलमान खान र आमिर खानले काम गर्न लागेको चर्चा लामो समयदेखि फिल्मी बजारमा चल्दै आइरहेको छ । यो कमेडी फिल्मको सिक्वेलमा दुई सुपरस्टारलाई निर्माता र निर्देशकले धेरै पटक कास्ट गर्न खाजेका थिए । तर, दुई निकै महँगा र ब्यास्त स्टार भएका कारणले पनि निर्माता र निर्देशकलाई दुइ स्टार कास्ट गर्नु मुश्किल भएको छ ।
दशक अगाडि प्रायः चुलबुले क्यारेक्टरमा देखिने गरेका आमिर अहिले निकै भावुक क्यारेक्टरहरुमा देखिएका छन् । अर्कोतिर सलमान पनि पहिला जस्तो छैनन् । लभर ब्वाई छवि बनाएका उनी अहिले एक्सन फिल्महरुमा बढी क्यारेक्टर निभाईरहेको देखिन्छ।

अब भने फेरी आमिर र सलमान लाई साढे २ दशक पछि ‘अन्दाज अपना अपना’ को सिक्वेलमा फेरि पर्दामा देख्न पाइने भएको छ । फिल्ममा करिश्मा कपूर र रवीना टन्डनको पनि भूमिका रहने उक्त टिमले बताइएको छ ।
पहिलेको फिल्ममा सलमान र आमिरको चरित्रसँग मिलाइएको छ । त्यस्तै पार्ट टूमा पनि अमर-प्रेमको कहानी त्यसरी नै अगाडि बढ्नेछ । फिल्मको कहानीले मूर्त रुप लिँदै गएको छ । फिल्मको ७० प्रतिशत सिन लेखिसकिएको छ । सलमानले पहिला यो प्रोजेक्टका लागि ग्रिन सिग्नल दिएका थिए । अब आमिर पनि सहमत भएका छन् । दुई यो फिल्ममा नयाँ अभिनेत्रीलाई लञ्च गर्न चाहन्छन् ।

टीकू तलसानिया, शक्ति कपूर, जगदीप, दिवंगत देवेन वर्मा, विजु खोटे, महमूदलगायतको अभिनय थियो । यसपटक यी क्यारेक्टरमा नयाँ अनुहार देखिनेछन् । फिल्मलाई सलमान र आमिरले नै निर्माण गर्नेछन् । राजकुमार सन्तोषीले फिल्मको निर्देशन गर्नेछन्

Comments