निता गुरुङ”मैता”को तीज गीत भाइरल बन्ने थिएँ सार्वजनिक (भिडियो)
screennepal
प्रकाशित: २०७५, १८ श्रावण शुक्रबार
no img

लोकप्रिय लोक गायिका निता गुरुङ(मैता)को स्वामी जीले घरमै नेट जोडिदिए मै पनि भाईरल बन्ने थिएँ रमाईलो तीज गीतसंगै म्युजिक भिडियो सार्वजानिक भएको छ।

चर्चित मोडल आरुषी मगरको कम्मर मर्काइमा बनेको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन्। निता गुरुङको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गरिएको यस गीतको म्युजिक भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका छन् भने बिष्णु शर्माले सम्पादन गरेका हुन्।

दिवन किनारको शब्द र संगीतमा बनेको यस गीतमा निताको मिठो आवाज र आरुषीको कम्मर मर्काइले सुनमा सुगन्ध थपिदिएको देखिन्छ। म्युजिक भिडियो रिलिजको केहि दिनमै हजारौं दर्शकले हेरिसकेका छन् भने अत्यन्तै मन पराइएको प्रतिक्रियाहरु आएको गायिका निताले बताएकी छिन्।

गायिका निताको यस अघि माया बढ्यो झन् बोलको गीतले लोक गीत संगीत प्रेमी दर्शक स्रोताहरुको मन जित्न सफल भएको थियो भने उनका दर्जनौ गीतसंगीत रुचाइएका छन्।

Comments