प्रियंका विवाह गर्दै ! उनको स्थानमा कट्रिना ‘रिप्लेस’
screennepal
प्रकाशित: २०७५, १४ श्रावण सोमबार
no img

केही दिनयता बलिउड अभिनेता सलमान खानको अपकमिङ फिल्म ‘भारत’को चर्चा छ । अभिनेत्री प्रियंका चोपडाले एक्कासी फिल्म छाडेपछि ‘भारत’को चर्चा चुलिएको हो । उनी सलमानको अपोजिट भूमिकामा अनुबन्धित थिए । तर, अब प्रियंकाको स्थानमा अर्की अभिनेत्री कट्रिना कैफ ‘रिप्लेस’ हुने पक्का जस्तै भएको छ ।

Priyanka

फिल्म ‘भारत’का निर्देशक अली अब्बास जफरका अनुसार प्रियंकाको स्थानमा कट्रिना रिप्लेस हुँदैछिन् । उनले ट्वीट गर्दै प्रियंकाले अमेरिकन ब्वाएफ्रेण्ड गायक निक जोनससँग विवाह गर्न लागेकाले फिल्म छाडेको बताउँदै प्रियंकाको स्थानमा कट्रिनालाई लिन सक्ने बताएका छन् ।
निर्देशक अली भारतीय मिडियासँग कुराकानी गर्दै भनेका छन्, ‘सलमान र कट्रिनाका साथ दोहो-याएर काम गर्न पाउँदा खुसी छु । हामी तीन जनाले पहिले पनि काम गरिसकेका छौँ ।’ अलीले पछिल्लो समय ‘टाइगर जिन्दा है’ मा कट्रिना र सलमानका साथ काम गरेका थिए । उक्त फिल्मले करिब ३ सय ५० करोगको व्यापार गरेको थियो ।

 

Comments