‘मेकअप गर्ने महिलाको दिमाग हुन्न भन्नु मुर्खता’
screennepal
प्रकाशित: २०७५, ३ जेष्ठ बिहीबार
no img

काठमाडौं, ३ जेठ । फ्रान्समा जारी ७१औं कान्स फिल्म फेस्टिवलमा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आर्कषक बन्दै आएकी छन् । यी बलिउड सुन्दरीले बिहीबार पत्रकारसँग संक्षिप्त कुुराकानी गर्न भ्याइन् । पत्रकारहरुले उनलाई ‘किन समाजमा महिला कमजोर देखिन्छन् ?’ भन्ने प्रश्न सोधिएको थियो ।
ऐश्वर्याले पत्रकारहरुको प्रश्नमा भनिन्, ‘समाज यस्तो सोचाइबाट माथि उठ्न जरुरी छ । सोच्छन् कि मेकअप गर्ने महिलासँग दिमाग हुँदैन ।’
कुराकानीकै क्रममा ऐश्वर्याले भनिन्, ‘हामी एक अर्काको जर्ज गर्ने बानीबाट बच्नुपर्छ । महिलाहरु मेकअप गर्छन् । यो होइन कि मेकअप गर्नु मुर्खता ।’ उनले संवेदनशीलताको कमिले पनि यस्तो सोच आएको बताइन् । पत्रकारसँग कुराकानीपछि उनी बिहीबार नै मूम्बइ फर्किइन् । फेस्टिवल भने १९ मे अर्थात शनिबारसम्म चल्नेछ ।

 

Comments