जेनेरेशन ग्याप : वर्ग, जात र उमेर छेक्न नसकेको यो विवाह !
screennepal
प्रकाशित: २०७५, १० बैशाख सोमबार
no img

काठमाडौं, १० बैशाख । एक यस्तो विवाह । जसले यतिखेर भारतीय मिडियामा व्यापक चर्चा पाएको छ । विवाह मिलिन्द सोमन र अंकिता कोवरको हो, जो उमेरले ठ्याक्कै आधा अन्तर छ अर्थात् मिलिन्द ५२ र अंकिता २६ वर्ष । उमरे अन्तरकै कारण यो विवाले मिडियामा चर्चामा पाएको हो ।
मिलिन्दकी प्रेमिका बन्नुअघि अंकिता भारतमा सामान्य वर्गकी सामान्य सहरिया जीन्दगी जिइरहेकी थिइन् । मिलिन्द भने एक समय सुपर मोडल थिए । अंकितासँग भेट्नुअघि उनले फ्रेन्च अभिनेत्री मिलने जन्पानोईसँग विवाह गरेका थिए । तर, त्यो विवाह सन् २००६ मै टुटेको थियो ।
अंकिता एयर एसियामा ‘सिनियर फ्लाइट अटेन्डेन्ट’ थिइन् । अंकिताले २०१५ मा मिलिन्द सोमनसँग १० किलोमिटरको पहिलो म्याराथन पूरा गरेकी थिइन् । उक्त १० किलोमिटरको दौडमै दुवैले जीन्दगीमा सँगै दौडने निर्णय गरेका थिए ।
अंकिताको जन्म असमको गुवाहाटीमा भएको थियो । अंकिताका बाबु निरञ्जन कोवर र आमा नाजेन कोवर हुन् । अंकिताकी एक बहिनी पनि छिन्, जसको नाम झरना कोवर बरुआ ।


अंकिता केही भाषा जान्दछिन् । ‘टाइम्स अफ इन्डिया’का अनुसार उनी अंग्रेजी, बंगाली, हिन्दी, फ्रेन्च र असमी भाषा बोल्छिन् ।
मिलिन्द सोमन ‘फिटनेस’ले चिनिन्छन् । उनलाई भारतमा फिटनेसकै कारण ‘आइरनमेन’ पनि भन्छन् । ‘मुम्बई मिरर’का अनुसार मिलिन्द आफ्नो दिनको शुरुवातमा ५०१ पटक पुसअप गर्छन् । त्यो आफ्नो दैनिकी विवाहका दिन पनि गरेका थिए । मिलिन्दले विवाहको मिति २२ अप्रिल अर्थात पृथ्वी दिवसको अवसर पारेका थिए ।
उमेर अन्तरकै कारण मिलिन्दले धेरै प्रश्नहरु सामाना गर्नु परिरहेको छ । ‘टेलिीग्राफ’लाई दिएको अन्तर्वातामा मिलिन्दले अंकिताको उमेरलाई लिएर भनेका छन्, ‘यसअघिकी मेरी गर्लफ्रेन्ड शहाना गोस्वामीको उमेर पनि म भन्दा २१ वर्ष कम थियो ।’ उनले अगाडि भनेका छन्, ‘तर, मान्छेहरु यति चिन्ता गदैनथिए । मलाई लाग्छ, अब सोशल मिडिया प्रचलन धेरै आइसक्यो । यसअघि पनि मेरो रिलेशनशिपमा केही थिए जबकि, मैले मिलेनसँग विवाह गरेको थिएँ । उनी पनि म भन्दा १८ वर्ष कान्छी थिइन् ।
मिलिन्दले यस अन्तर्वातामा भने, ‘अंकितासँग मेरो भेटघाट चेन्नईको एक नाइटक्लबमा भएको थियो । म नाइटक्लबमा त्यति जान्नँ, तर त्यो संयोग थियो । उनी कसैसँग नाचिरहेकी थिइन् । अचानक मैले देखेँ । मलाई राम्रो लाग्यो र मनप¥यो । मैले सोचे, यी को हुन् ? मलाई उसले आफ्नो नम्बर दियो । मैले पनि दिँदै भने, ‘मन लाग्यो भने फोन गर्नु’ । उसले मलाई अर्को दिन फोन गरिन् । त्यसपछि हाम्रो कुराकानी सुरु भयो । यो फेब्रुअरी २०१४ को कुरा हो । त्यतिखेर उनी एयर एसियामा काम गर्थिन् । मुम्बई आएपछि भने उसले जागिर छाडिन् किनकि, मुम्बईमा एयर एसियाको कुनै अफिस छैन ।’
मिलिन्द मराठी हुन् र अंकिता असमिया । मिलिन्द पनि यो, कुरा स्विकार्छन् । दुवैलाई थाहा छ कि यो ‘एक जेनरेशन ग्याप’ हो । यो समयमा उमेर, जात र स्थानले केही फरक पार्दैन किनकि, मानविय स्वभाव फेरिएको छ ।’
मिलिन्दले यस अन्तर्वातामा यसअघि पनि केही युवतीसँग डेट गरिसकेको बताउँदै भने, ‘तर, त्यो देश र इलाका फरक–फरक थियो । मिलिन्द भन्छन्, ‘सपना र सहर फेरिरहन्छु । सबै पूर्वप्रेमिकाको विवाह भइसकेको छ । केहीको बच्चा पनि छन् ।’
मिलिन्दका अनुसार उनी १४ वर्षको उमेरदेखि केटीसँग डेट गर्न सुरु गरेका हुन् । मिलिन्द सोमनप्रति अहिले युवा इष्र्या गर्न सक्छन्, ‘उनलाई किन केटीले मन पराउँछन् ?’ यो प्रश्न उनलाई पछिल्लो महिना टेलीग्राफले सोधेको थियो । त्यसको जवाफमा उनी हाँसिमात्र रहे ।’
अंकिता अब मिलिन्दकी पत्नी बनेकी छन् । दुवैजना अब सँगै दौडिन्छन् त ? मिलिन्द भन्छन्, ‘दुई वर्षअघिबाटै सँगै दौडिन सुरु भइसकेको थियो । अब अंकिता पनि नियमित रूपमा दौडिन्छिन् ।
मिलिन्दका अनुसार उनको प्रेममा एक नियम छ । त्यो हो, ‘एकले अर्कालाई स्पेस दिनु र खुसी रहनु’ मिलिन्दको यो विवाह कहिलेसम्म चल्छ ? मिलिन्द सोमन भन्छन्, ‘थाहा छैन । तर, म लामो र राम्रो रिलेशनशिप चाहन्छु ।’ मिलिन्दका अनुसार बलिउडमा उनका कोही साथी छैनन् । तर, उनलाई नसीरुद्दीन शाह राम्रो लाग्छ । मनपर्छ । उनका अनुसार नसीरुद्दिन बेशुमार प्रतिभा हुन् ।
अनुवाद : एमपी सुब्बा/बिबिसी हिन्दीबाट

Comments