मैतीदेवीकी सुरुचिलाई ‘मिसेस नेपाल इन्टरनेशनल’  उपाधि
screennepal
प्रकाशित: २०७४, ६ आश्विन शुक्रबार
no img

काठमाडौं, ६ असोज । राजधानीको मैतीदेवीकी सुरुचि पाण्डेले यस वर्षको ‘मिसेस नेपाल इन्टरनेशनल’  उपाधि चुमेकी छन् । गैरसरकारी संस्थामा कार्यरत सुरुचिले आफ्ना ३८ प्रतिस्पर्धीलाई पछाडि पार्दै रिवन इन्टरनेटमेन्ट प्रालिद्धारा मंगलबार राती भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा आयोजित प्रतियोगिताको उपाधि चुमेकी हुन् ।

त्यस्तै कार्यक्तममा  मष्ट ट्यालेन्ट र वेष्ट क्याटवकको उप उपाधि समेत सुरुचिले पाएक्ी छन् । यो उपाधि पाएसँगै अब सुरुचिले अमेरिकामा हुने ‘मिसेस इन्टरनेशनल–२०१७’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन् ।

आयोजक संस्थाका अध्यक्ष निशु झाका अनुसार यसै वर्षबाट मिसेस नेपाल इन्टरनेशनल उपाधि विजेतालाई  अन्तराष्ट्रिय स्पर्धामा नेपालको प्रतिनिधित्व हुने ब्यवस्था मिलाइएको हो ।‘मिसेस नेपाल इन्टरनेशनल–२०१७’मा रविभवनकी बैंकर्स यसोदा पोखरेल फस्ट रनर्सअपका साथमा वेष्ट स्पिच, भक्तपुरकी प्रतिज्ञा राई सेकेण्ड रनर्सअपका साथमा वेस्ट फिजिक र नगरकोटकी सम्झना त्रिपाठी थर्ड रनर्सअपका साथमा सोसल वेलफेर एम्वेस्डर भए भने पुरानो वानेश्वरकी ज्योति दाहाल पनेरु फोर्थ रनर्सअप र सीता ओली मष्ट पपुलर भइन् ।

नायकद्धय रमेश उप्रेती र आर्यन सिग्देल, साहित्यकार तथा सत्यनिरुपण तथा मेलमिलाप आयोगकी मञ्चला झा, प्रोफेसर डा.जितेन्द्रप्रसाद उपाध्याय, बैंकर्स अनिता प्रधान र मिसेस नेपाल इन्टरनेशनल–२०१५  सविता लामिछाने निर्णायक रहेको प्रतियोगितामा गुञ्जना ढुंगाना वेष्ट पर्सनालिटी, सुमित्रा कट्टेल वेस्ट स्कीन, जलता खनाल आचार्य वेस्ट हेयर, इशा भट्टराई व्यूटी विथ पर्पस, रिता सिंह रिमाल फेसबुक च्वाईस, अन्विसा शेर्पा मिसेस बब्ली फेस, रेनु श्रेष्ठ मर्हजन भिवर्स च्वाईस, लक्ष्मी तिमिल्सिना मष्ट फोटोजेनिक, दिलमाया गुरुङ मिसेस कन्जिनियालिटी, सस्मिना राउत वेस्ट स्माइल, पुजा लामा कुँवर फेशन आईकन, सर्मिला श्रेष्ठ र उर्मिला श्रेष्ठ म्यानेजमेन्ट च्वाईस तथा सोभा शाक्य वेस्ट डिसिप्लिन भए ।

Comments