पौःभा कलाबारे चर्चा र बहस
screennepal
प्रकाशित: २०७३, ९ भाद्र बिहीबार
no img

काठमाडौं ९ भदौ । नेपाल ललितकला पत्रकार समाज र तारागाउँ म्यूजियमको संयुक्त आयोजनामा हरेक महिनाको दोस्रो बुधबार गरिने कलाका कुराको १०औं श्रृंखलामा परम्परागत कलाकार लोक चित्रकारसँग अन्तर संवाद गरियो । नेपाली पौःभा कलामा विगत साढे तीनदशकदेखि सक्रिय रुपमा क्रियाशिल चित्रकारले नेपाली परम्परागत कलाको इतिहास, यसको विकासक्रम र नेपालमा पछिल्लो समय चलेका शैली र चिन्तनका बारेमा चर्चा गरे ।

IMG_4927
नेपाली मौलिक कलाको रुपमा परिचित पौभा कला र यसको सामाजिक, सांस्कृतिक तथा प्राज्ञिक महत्वलाई राज्यले खासै महत्व दिन नसकेकोमा चित्रकारले गुनासो गरे । नेपालमा पौःभा कलाको १२औं÷१३औं शताब्दी ताका चरम विकास भएको र त्यो तिब्बतसम्म पुगेको बताउँदै चित्रकारले भने, ‘तिब्बतमा ३०० वर्षसम्म यसको शैली र चिन्तनको प्रभाव रहयो ।’
पाःैभामा प्राकृतिक रुपलाई जस्ताको तस्तै नउतारी त्यसलाई प्रतीकात्मक रुपमा उतारिने उनले जनाए । उनले भने, ‘जीवन र जगतका सास्वत सत्यलाई यथार्थपरक नभई प्रतीकात्मक रुपमा पौःभामा उतान्छि । त्यसैले कला जीवनका लागि हुनुपर्छ । सन्देश र ज्ञान दिन सक्ने कला नै मानिसका लागि प्रिय हुन्छ । साथै त्यसले समाजलाई मार्गनिर्देश गर्न सक्नुपर्छ । पौःभाले पनि समाज र मानिसको जीवनमा सकारात्मक प्रभाव पार्ने भएकाले यसको महत्व झनै प्राचीनकालदेखि नै बढेर गएको देखिन्छ ।’

st_IMG_4946
नेपालमा चलेका पौःभाका शैली र चिन्तनमा समेत धेरै विकास भएको चित्रकारले बताए । ‘पश्चिमी कलाको प्रभाव समेत यस क्षेत्रमा परेको छ । नयाँ नयाँपनको विकास हुँदै गएपनि यसको महत्व अहिले झनै बढेर गएको छ,’ उनले थपे । पौभा शब्दलाई कतिपय विद्धानले सही ढंगले व्याख्या गर्न नसकेको जनाउँदै पत्र भट्टरकबाट अर्थात पत्र भनेको सतह र भट्टराक भनेको भगवान शब्दको व्यूत्पतिबाट पौःभा शब्द बनेको उनले बताए । उनले थपे, ‘पौःभा भनेको विशुद्ध नेवारी शब्द हो । नेपालको मध्यकालीन इतिहासबाट यसको महत्व र चर्चा व्यापक हुँदै गएको हो ।’
उनले पौःभामा रेखाको प्रधानता हुने बताए । ‘पहिला पहिला खनिजजन्य रंगको प्रयोग गरेर नेपालमा चित्रकारिता गरिन्थ्यो । आजकल कलाकारले सहज र सुलभताका लागि म्यानमेड रंगको प्रयोग गर्न थालेका छन्,’ उनले बताए । सो कार्यक्रममा कलाकार तथा समीक्षक रमेश खनालले नेपालमा पौभा कलाको विकास र यसको अवस्थितिका बारेमा बताएका थिए । पत्रकार श्याम रिमाल, केशव राज खनाल, पासांग लामा, राजेन्द्र बज्राचार्य, राजकुमार रानामगर लगायतले पौभा कला र यसका विविध आयामका बारेमा जिज्ञासा राखेका थिए ।  तस्वीर सौजन्यः गोरख रेग्मी

Comments