फ्राईडे रिलिज : ‘भ्यालेनटाइन डे’लाई तीन प्रेमकथाका चलचित्र
screennepal
प्रकाशित: २०७२, २८ माघ बिहीबार
no img

काठमाडौं । गएको शुक्रबार चार नेपाली चलचित्रको भीडन्त भएको थियो । ती चारै चलचित्र करिब–करिब एउटै क्याटगोरीमा थिए । त्यस्तै यो शुक्रबार भीडन्त हुन लागेका चलचित्रहरु पनि उस्तै–उस्तै छन् । यो साता ‘प्रेमगीत’, ‘क्लासिक’ र ‘चलेछ बतास सुस्तरी’ रिलिज हुँदैछन् । यी तीनै चलचित्र भ्यालेनटाइन–डेलाई लक्षित गर्दैै रिलिज गरिएका हुन् । सबै चलचित्र प्रेमकथामा आधारित छन् । त्यसैले पनि यी चलचित्रका निर्माता/निर्देशक प्रेम दिवशको अवसरमा रिलिज गर्न हतारिएका हुन् ।

screennepal.com
चलचित्र ‘प्रेमगीत’ सुदर्शन थापाले निर्देशन गरेका हुन् । सन्तोष सेनको निर्माण रहेको यो चलचित्र युवापुस्तालाई लक्षित गरी निर्माण गरिएको छ । चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेत्री पुजा शर्माको मुख्य अभिनय छ । ‘प्रेमगीत’ मा प्रदीप र पुजाका अलावा सरोज खनाल, लक्ष्मी गिरी र रुपा रानाको पनि मुख्य अभिनय छ । यस चलचित्रलाई दर्शकले मन पराउने विश्वास गरिएको छ ।
त्यस्तै, भ्यालेनटाइन–डेकै मौका पारेर शुत्रबारबाटै चलचित्र ‘क्लासिक’ पनि रिलिज हुँदैछ । सुवास गिरिको निर्माण रहेको यस चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा दृष्टिविहीनको प्रेमकथालाई उठाइएको छ । चलचित्रमा आर्यन सिग्देल र नम्रता श्रेष्ठको मुख्य अभिनय छ । निर्देशक राउतले ‘नोभेम्भर रेन’ पछि यस चलचित्रमा यी जोडीलाई पुनः दोहो¥याएका हुन् । यो चलचित्रको शुक्रबार बिहान प्रेस शो गर्दैछ ।
त्यसैगरी, यही शुत्रबार ‘चलेछ बतास सुस्तरी’ पनि रिलिज हुँदैछ । सांगीतिक प्रेमकथामा आधारित यस चलचित्रलाई सबु सुबेदी र अनिला खड्काले निर्देशन गरेका हुन् । चलचित्रमा प्रमोद भारद्धाज र सुष्मा कार्कीको मुख्य अभिनय छ । चलचित्रलाई क्रस फिंगर्स इन्टरटेन्टमेन्टको ब्यानरमा स्क्रिप्ट राइटर प्रदिप भारद्धाजले निर्माण गरेका हुन् ।

Comments