रहेनन् नृत्य निर्देशक रायमाझी
screennepal
प्रकाशित: २०७२, २० माघ बुधबार
no img

काठमाडौं । बरिष्ठ नृत्य निर्देशक बसन्तजंग रायमाझीको बुधबार (आज) निधन भएको छ । रायमाझीको उपचारकै क्रममा नर्भिक अस्पताल थापाथीलमा निधन भएको हो । उनी ८२ वर्षका थिए । नृत्यका माध्यमले नेपाली चलचित्र क्षत्रेमा उल्लेखनिय योगदान पु¥याएका रायमझीे वि.स.१९९० असार १८ गते नवलपरासीमा जन्मिएका थिए । उनी लामो समयदेखि पक्षघातबाट ग्रसित थिए । नेपाली चलचित्रमा अलग प्रकारको नृत्य भित्राउउन सफल उनले युगदेखि युगसम्म, सीमाना, अवतार, पृथ्वी, सिन्दुर, जीवन रेखालगायतका दर्जनभन्दा बढी चलचित्रमा नृत्य निर्देशन गरेका छन् ।

bashanta-jung-raimaji

उनको निर्देशन रहेकामध्ये ‘कान्छी हे कान्छी’ र सीमाना चलचित्रको ‘उकाली ओराली..’ भन्ने गीत निकै चर्चित बनेको थियो । लामो समय बलिउडमा नृत्य निर्देशकको रुपमा काम गरेका उनले नेपाल फर्किएपछि पनि बेग्लै परिचय बनाएका थिए ।
उनले राजेश खन्ना अभिनित चलचित्र ‘आपकी कसम’ तथा अभिताभ बच्चन अभिनित चलचित्र ‘जमिर’मा नृत्य निर्देशकको रुपमा काम गरेका थिए ।
नेपाली चलचित्र क्षेत्रमा लामो समय देखी अभिनयरत अभिनेता राजेश हमाल नाताले उनको भान्जा हुन् । हमाललाई युगदेखि युगसम्ममार्फत नेपाली चलचित्रमा ल्याउन उनको पनि प्रमुख हात रहेको छ । करिश्मा मानन्धर, जल शाह तथा धिरेन शाक्यसहितका कलाकारले चलचित्रमा आउनु अघि उनीसँगै नृत्य सिक्ने गदर्थे । रायमाझीको पार्थीक शरिर अहिले अन्तिम श्रद्धाञ्जलीका लागी नेपाल प्रज्ञा प्रतिस्ठान कमलादीमा राखिएको थियो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन त्यहाँ कलाक्षेत्रका विभिन्न व्यक्तीहरुको भिड लागेको छ । उनको अन्तिम संस्कार पनि आजै गरिँदैछ ।

Comments