एमपी सुब्बा
याङ्जोम पेसाले याङ्जोम स्वास्थ्यकर्मी हुन् । उद्घोषण उनले सोच्दै नसोचेको क्षेत्र हो । तर, अब उनी उद्घोषण पेसामै रमाउने सोचमा पुगेकी छन् । ‘यो मेरो नसोचेको क्षेत्र हो’ उनले भनिन्, ‘सानो छँदा नर्स हुने लक्ष्य बनाएकी थिएँ । तर, अहिले कार्यक्रम उद्घोषिका भएकी छु ।’ नर्स बन्न नसकेपनि उनले अनमीसम्म अध्ययन गरिन् । तर, उनको अध्ययन यतिखेर ओझेलमा छ ।
काठमाडौ । पूर्वमा ‘याङ्जोम’ पश्चिममा ‘धौली’ । यसरी नै चिनिन्छिन् स्टेज कार्यक्रम उद्घोषिका याङ्जोम शेर्पा । नेपालको पूर्वी जिल्लाहरुमा स्टेज कार्यक्रम प्रस्तोता ‘एमसी’का रुपमा चर्चित याङ्जोम पछिल्लो समय नेपालको पश्चिमतिर पनि छाउन थालेकी छन्, जहाँ उनलाई उपनाम दिइएको छ, ‘धौली’ अर्थात् गोरी । ‘धौलीको अर्थ गोरी हो’ आफ्नो उपनामबारे खुलाउँदै याङ्जोम भन्छिन्, ‘गोरी भएकैले धौली भनेका हुन् । पश्चिमका गोरीलाई धौली भन्दारै’छन् ।’
याङ्जोम थोरै महिला स्टेज कार्यक्रम प्रस्तोता ‘एमसी’मध्ये पर्छिन् । पूर्वतिर त उनी एक्लो हुन् भन्दा फरक पर्दैन । धरान, झापा, इलाम, धनकुटालगायतका पूर्वी जिल्लाहरु आयोजना हुने अधिकांश कार्यक्रमहरु याङ्जोमले नै सम्हाल्दै आएकी छन् । शेर्पा समुदायले गर्ने कार्यक्रमहरुमा त उनी अनिवार्यजस्तै भइसकेकी छन् । यस वर्षमात्र एक दर्जनभन्दा बढी कार्यक्रम सञ्चालन गरेको सुनाउँदै याङ्जोमले भनिन्, ‘वर्षभरीजस्तै व्यस्त भएँ । हिजोआज पनि कार्यक्रम उद्घोषणमै व्यस्त छु ।’
याङ्जोम पेसाले याङ्जोम स्वास्थ्यकर्मी हुन् । उद्घोषण उनले सोच्दै नसोचेको क्षेत्र हो । तर, अब उनी उद्घोषण पेसामै रमाउने सोचमा पुगेकी छन् । ‘यो मेरो नसोचेको क्षेत्र हो’ उनले भनिन्, ‘सानो छँदा नर्स हुने लक्ष्य बनाएकी थिएँ । तर, अहिले कार्यक्रम उद्घोषिका भएकी छु ।’ नर्स बन्न नसकेपनि उनले अनमीसम्म अध्ययन गरिन् । तर, उनको अध्ययन यतिखेर ओझेलमा छ ।
ताप्लेजुङको लेलेप–९ घुन्सामा जन्मिएकी याङ्जोमले सानैमा आमा गुमाइन् । त्यतिखेर उनी ६ वर्षकी मात्र थिइन् । आमाको निधनसँगै याङ्जोमका दुःखका दिनहरु सुरु भए । उनले घुन्सामा ३ कक्षासम्म पढिन् त्यसपछि तेह्रथुमको आठराईमा फुफुसँग बसेर पढ्न थालिन् । आठराईबाटै उनले एसएलसी उत्तिर्ण गरिन् ।
जब ताप्लेजुङ सरोकार केन्द्रमा आवद्ध भइन्, तब उनको लक्ष्यले बाटो मोडेको हो । सरोकार केन्द्रले ४ वर्षअघि राजधानीको टुँडिखेलमा आयोजना गरेको ‘ताप्लेजुङ महोत्सव’मा उद्घोषण गर्ने अवसरसँगै याङ्जोमले बाटो मोडेकी हुन् । त्यसअघिसम्म नर्सकै सपना देख्दै आएकी थिइन् । तर, नर्स बन्न नसक्दा पनि उनलाई आत्मग्लानी भने भएको छैन । ‘यो क्षेत्रमा लागेर नाम कमाएकी छु । यसैमा खुसी लाग्छ’ उनले थपिन्, ‘आदिवासी जनजातीको छोरी भएर पनि यो स्थानमा पुग्न पाउँदा गर्व लाग्छ ।’
हो, याङ्जोम अर्थात् धौली कार्यक्रम उद्घोषणका लागि चर्चित छिन् । तर, यहाँसम्म पुग्न उनले के गरिनन् ? उनका संघर्षका ती पाटाहरु अरुका लागि पे्ररणा बन्नसक्छ । ताप्लेजुङको लेलेप–९ घुन्सामा जन्मिएकी याङ्जोमले सानैमा आमा गुमाइन् । त्यतिखेर उनी ६ वर्षकी मात्र थिइन् । आमाको निधनसँगै याङ्जोमका दुःखका दिनहरु सुरु भए । उनले घुन्सामा ३ कक्षासम्म पढिन् त्यसपछि तेह्रथुमको आठराईमा फुफुसँग बसेर पढ्न थालिन् । आठराईबाटै उनले एसएलसी उत्तिर्ण गरिन् । त्यसपछि नर्स बनेर गाउँमा स्वास्थ्य चौकी खोल्ने अठोटका साथ अनमी पढ्न थालेको उनले सुनाइन् ।
प्रशववेदनामा आमाको मृत्यु भएकाले नर्स बन्ने दुर्गममा गरिब, असहायको सेवामा समर्पित हुने लक्ष्य लिएकी उनले बताइन् । नर्स बन्न नसके पनि घुन्सामा अस्थाइ इकाइ स्वास्थ्य चौकी स्थापना गरेर उनले एउटा लक्ष्य भने पूरा गरेकी छन् । अहिले उक्त स्वास्थ्य चौकी स्थायी बनाउने पहलमा उनी लागेकी छन् । सो स्वास्थ्य चौकीमा दुईजना स्वास्थ्यकर्मीले गाउँलाई सेवा दिँदै आएका छन् ।
याङ्जोम ०६२ सालमा परिवारसँग काठमाडौं छिरेकी हुन् । ‘हामी ताप्लेजुङबाट बसाईँ सरेर आएका हौं’ उनले भनिन्, ‘काठमाडौं आएपछि विभिन्न योजनाहरु बनाउन थालेँ । त्यतिखेरै ताप्लेजुङ सरोकार केन्द्रमा आवद्ध भएकी हुँ ।’ उक्त संस्थामा नलागेको भए आफू कार्यक्रम उद्घोषिका बन्ने सम्भावना नरहेको याङ्जोम बताउँछिन् । ‘कतिले संघसंस्थामा नलाग्नु भन्छन्’ याङ्जोम भन्छिन्, ‘तर मलाई संघसंस्थाले नै उद्घोषक बनायो ।’ हिजोआज उनी कार्यक्रम सञ्चालनसँगै महिलाहरुलाई स्वास्थ्यसेवा सम्बन्धी सल्लाह पनि दिँदै आएकी छन् ।