मोडल हुँदै गायकसम्म अजय !
screennepal
प्रकाशित: २०७२, १० असार बिहीबार
no img
ajay Shrestha (2)

अजय श्रेष्ठ, मोडल । तस्बिर : शिवलाल श्रेष्ठ

काठमाडौं । पेसाले अजय श्रेष्ठ व्यवसायिक हुन् । तर, उनी पछिल्लो समय मोडलिङमा पनि जम्दै गएका छन् । अजयले छोटो समयमै करिब दर्जन म्युजिक भिडियोमा मोडलिङ गर्न भ्याइसकेका छन् । रहरले मोडलिङ अपनाएका अजय हिजोआज भने यसै क्षेत्रमा मोहित हुन थालेका छन् ।  उनले केही अघिसम्म दुवईमा ट्राभल्स एजेन्सीसमेत चलाउँदै आएका थिए । तर, मोडलिङमा आएपछि उनी नेपालमै व्यस्त हुन थालेका छन् ।उनी भन्छन्, ‘रहरै रहरमा मोडलिङ गर्न सुरु गरेको हुँ । तर, अहिले यसै क्षेत्रमा व्यस्त हुन थालेको छु ।’ मोडलिङमा अलाव उनी अभिनयमा पनि सौख राख्न थालेका छन् । त्यसैले अजय भन्छन्, ‘अब आफै फिल्म बनाउँदै छु । त्यसमा साथीको पनि संलग्नता हुनेछ ।’ आफूले निर्माण गर्ने चलचित्र समसामयिक विषयवस्तुमा आधारित हुने उनले सुनाए ।

ajay Shrestha (1)
अजयले गायक स्वरुपराज आचार्यको गीत ‘आज किन सारंगी रोएछ’ मार्फत मोडलिङ सुरु गरेका हुन् । त्यसपछि उनी लगातार म्युजिक भिडियो मोडलिङमा व्यस्त हुन थालेका हुन् । अजयले सिडीविजय अधिकारीको ‘नसा पिउने बानी भएछ’, नायक तथा गायक फुपु तेञ्जिङ शेर्पाको ‘तिमीसँग सुन्दताको खानी लुकेको छ’, बैकर गायक गोविन्द गुरुङको राष्ट्रिय गीत आऊ मुस्कान बाँडौं’लगायत एक दर्जन गीतको म्युजिक भिडियोमा मोडलिङ गरेका छन् । यसका साथै अजय चाँडै गायकका रुपमा समेत चिनिँदैछन् । पत्रकार डब्बु क्षत्रीको शब्द रचनामा  यसै साता अजयले गीत रेकर्डिङ गर्दैछन् ।

Comments