गसिप फन्डा : पत्रकारलाई ‘मारेर गाँड्ने’ धम्की
screennepal
प्रकाशित: २०७२, ५ असार शनिबार
no img

काठमाडौं । कुनै गसिप समाचार बन्छन्, केही समाचारचाहिँ गसिप । यस्तै, अहिले एउटा गसिपले समाचारको रुप लिएको छ । गसिप लेखेकै कारण पत्रकार श्यामसुन्दर गिरीले ज्यान मार्ने धम्की खेपेका छन् । एकजना पत्रकारले गसिप लेखेकै कारण ज्यान मार्ने धम्की खाएपछि अनलाइन मिडियाहरुमा धाराप्रवाह समाचार सम्प्रेषण गरिहेका छन् । तर, सम्बनधीत निकाय भने मौन छन् । श्यामसुन्दरले असार १ गते आफ्नो अनलाइन ‘फिल्मीबजार डटकम’ मा ‘भूकम्पपीडितका नाममा राहत संकलन गर्न अमेरिका उड्न थाले कलाकार’ शीर्षकमा गसिप पोस्ट गरेका थिए । जसको प्रतिक्रिया उनले ‘हिम्मतवाली’ चलचित्रका अभिनेता सुदर्शन गौतमले ज्यान मार्ने धम्की दिए । पत्रकार श्यामसुन्दरका अनुसार हाल अमेरिकाको टेक्सासमा रहेका सुदर्शनले उत्तैबाट ००१५१२५९०४०१२ नम्बरबाट धम्की दिएका हुन् ।

shyam-sundar-giri

सुदर्शन गौतम (वाया) र श्याम सुन्दर

सुदर्शनले ‘मारेर चोभारमा गाँड्ने’ धम्की दिएको श्यामसुन्दरले बताए । उनले सुदर्शनको यस्तो धम्की असार २ गते बिहान १० : ३० मा खाएका हुन् । सुदर्शनसँग चारपटक टेलिफोन भएको श्यामसुन्दरले बताए । एक कलाकार जसले विदेशबाटै ज्यान मार्ने धम्की दिएपछि श्यामसुन्दरले आफ्नो जीवन रक्षाका लागि महानगरिय प्रहरी परिसर टेकु (हाल) मा निवेदन दिइसकेका छन् । समाचार लेखेकै भरमा ‘ज्यान मार्ने धम्की’ दिइएपछि प्रेस युनियनले भत्सर्ना गरिसकेको छ । युनियनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कानुनी उपाय हुँदा हुँदै समाचार लेखेकै भरमा पत्रकारलाई ज्यान मार्ने धम्की दिनु भनेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप मात्र नभएर कानुनी राज्यको उपाहास पनि हो ।’ युनियनले धम्की दिने व्यक्ति जो कोही भए पनि कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।
प्रेस युनियनले पत्रकार श्यामसुन्दरलाई दिइएको धम्कीको भत्सर्ना गर्दै विज्ञप्ति जारी गरेको भए पनि अन्य पत्रकारहरको संघसंस्था मौन छन् । श्यामसुन्दर चलचित्र पत्रकार संघका सदस्य हुन् । तर, अहिलेसम्म उक्त संघसमेत मौन बसेको छ । यसमा श्यामसुन्दरसमेत आश्चार्यमा परेका छन् । ‘संघ भनेको यस्तै बेला चाहिने हो’ उनले भने, ‘तर, चार दिन वितिसक्दासमेत चलचित्र पत्रकार संघले कुनै विज्ञप्ति जारी गरेको छैन ।’ उनका अनुसार आइतबार कार्यत्रसमितको बैठक बसेर मात्र संघले विज्ञप्ति जारी गर्ने भएको छ । यस्तै, नेपाल पत्रकार महासंघले चाहिँ चलचित्र पत्रकार संघले विज्ञप्ति जारी गरेपछि मात्र गर्ने भएको छ । स्रोतका अनुसार चलचित्र पत्रकार संघ महासंघको एसोसिएट भएकाले सिधै विज्ञप्ति जारी नगरेको हो ।
महानगरिय प्रहरी परिसरले भने श्यामसुन्दरलाई शंकास्पद र अज्ञातजस्तो लाग्ने व्यक्तिबाट होसियार रहन भनेको छ । पीडित पत्रकार श्यामसुन्दरले भने, ‘परिसरले म बसेको स्थान रेकी गरेको छ । शंकास्पदबाट होसियार हुन भनेको छ ।’ केही घटना हुने सम्भावना देखिए तु. सम्पर्क हुनसक्ने नम्बरसमेत प्रहरीले उपलब्ध गराएको श्यामसुन्दरले बताए । ‘फिल्मीबजार डटकम’ का सम्पादकसमेत रहेका श्यामसुन्दर प्रेस युनियन चितवनका कार्य समिति सदस्य पनि हुन् । उनले समाचार त्यो पनि गसिप लेखेकै भरमा आफूलाई ज्यान मार्ने धम्की आएकोमा दुःख प्रकट गर्दै भने, ‘चित्त नबुझेको भए कानुनी उपाय थियो । तर, सिधै मारेर गाड्छु भन्दै धम्की दिएपछि प्रेस स्वतन्त्रताकै हत्या गरिएजस्तो भएको छ ।’ उनले आफूलाई धम्की दिने व्यक्तिलाई कारबाही गर्न समेत सरकारलाई आग्रह गरेका छन् ।

सुदर्शन र श्यामको फोन संवादको रेकर्ड अडियो

https://www.youtube.com/watch?v=6qPN9_tCTPc

Comments