आश्विनीको पढुँपढुँ लाग्ने ‘जुकरबर्ग क्याफे’
screennepal
प्रकाशित: २०७२, ४ असार शुक्रबार
no img

काठमाडौं । पत्रकार अश्विनी कोइरालाद्वारा लिखित कथासंग्रह ‘जुकरबर्ग क्याफे’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच अभिनेत्री करिश्मा मानन्धर र पत्रकार सुवास ढकाल पुस्तक सार्वजनिक गरेका हुन् । कार्यक्रममा अभिनेत्री करिश्माले आफू अश्विनीका फेसबुक स्ट्याटसको फ्यान रहेको सुनाइन् । त्यस्तै, लेखक कोइरालाले आफ्नो फेसबुकको स्टाटसले मनपराएकै कारण पुस्तक तयार गरेको सुनाए । उनले भने, ‘मैंले भयंकर साहित्य लेख्छु भनेर लेख्न थालेको होइन । फेसबुकमा लेखेका स्ट्याटसलाई धेरैले मन पराएको देखेर त्यही लेख्ने विषयलाई संरचनामा ढालेको हँ । प्रारम्भिक प्रतिक्रियाले आफ्नो लक्ष्यमा सफल भएको अनभूत गरेको छु।’ करिबश्माले पुस्तक पढपछि लेखकलाई प्रतिक्रिया दिने बताइन् । ‘मलाई लाग्छ, यो पुस्तक रोचक छ’ करिश्माले भनिन्, ‘उहाँले प्रेमलाई लेखनको विषय बनाउनु भएको रहेछ जुन सबैको चासोको विषय हो । ‘पढेर लेखकलाई प्रतिक्रिया दिनेछु ।’

karishma
कार्यक्रममा पत्रकार सुवासले लेखकलाई शुभकामना दिँदै पुस्तकमा उठाइएको विषय र पात्रसँग आफू पनि कहीँ न कहीँ परिचित रहेको सुनाए । त्यस्तै, लेखक बुद्धिसागरले अश्विनीको कृति सरल भाषामा लेखिएको बताएँदै पुस्तकमा प्रेमका बहुआयामिक पक्ष समेट्न सफल भएको टिप्पणी गरेका थिए । उनले पुस्तकमा संगृहीत कथामा मिठास र विविधता भएकाले पढुँपढुँ लाग्ने बताए । सार्वजनिक पुस्तकमा २४ वटा प्रेमिल कथा छन् ।

Comments