‘गिनिज बुक’मा नाम लेखाउँदै तिम्ल्याहा डाक्टर !
screennepal
प्रकाशित: २०७२, ४ असार शुक्रबार
no img

तीनै दाजुभाइ अध्ययनको साथमा गीत संगीत र खेलकुदमा पनि रुचि राख्छन । तीनै दाजुभाइले एउटा कृष्णहरि बरालको रचना तथा गंगाधर पराजुलीको स्वर रहेको गीतको म्युजिक भिडियोमा पनि अभिनय गरेका छन ।

काठमाडौं । एउटी आमाको कोखबाट ८ मिनेटको अन्तरमा जन्मिएका दाजुभाई सौगात, सौजन र सौरज देवकोटाले ‘गिनिज बुक अफ द वल्र्ड रेकर्डस्’मा नाम लेखाउने तयारी गर्दैछन् । राजधानीमा पत्रकार सम्मेलन गरेर उनीहरुले यस्तो इच्छा व्यक्त गरेका हुन् । चितवन भरतपुरका शिवप्रसाद देवकोटा तथा उनकी पत्नी शकुन्तलाको कोखबाट २०४८ साल असनेज ६ गते यी तिम्ल्याहा दाजुभाई जन्मिएका हुन् । बाबु शिवले उनीहरुको सामान्य डेलिभरीमा ८ मिनेट अन्तरमा जन्मिएका हुन् । तिम्ल्याहा छोराका बाबु शिवले छोराहरुभित्र भएको प्रतिभा, लगनसिलता र अनौठो संयोगका कारण गिनिज बुकमा नाम लेखाउन सकिनेमा आशावादी रहेको बताए । उनका अनुसार तिम्ल्याहा दाजु भाइले नर्सरी पढन एकैपटक थलीमा रहेको माउण्ट एभरेस्ट बोर्डिंग स्कुलमा भर्ना भएका थिए । उक्त स्कुमा नर्सरीदेखि नै तिम्ल्याहा दाजु भाइ क्रमसः पहिलो, दोस्रो र तेस्रो स्थान हांसिल गर्दै आएको बाबु शिवले बताए । त्यसवाहेक उनीहरु तीनै जनाले एसएलसी परीक्षा पनि विशिष्ट श्रेणीमा उत्तिर्ण गरेका थिए ।

triplet brother 12

एमबीबीएसको अध्ययन सकेर उनीहरु तीनै जनाले यसैवर्ष सोही अस्पतालमा इन्टर्नसिप गरिरहेका छन । अनुहार, ज्यान, उचाइ र स्वर उस्तै भएकाले कोसँग परीक्षण गराएको भन्नेमा बिरामी वेला–वेला झुक्किने गरेका छन् । तिम्ल्याहा डाक्टर दाजुभाइ अहिले गिनिजबुकमा नाम लेखाउने तयारीमा छन् ।

एसएलसीपछि आइएस्सी अध्ययनका लागि माइतिघरमा रहेको सेन्ट जेभियर्स कलेजम भर्ना भए । उक्त कलेजबाट पनि उक्त तह प्रथम श्रेणीमा उत्तीण गरेर एमबीबीएस अध्ययनका लागि जोरपाटी अत्तखेलमा रहेको नेपाल मेडिकल कलेज भर्ना भए । एमबीबीएसको अध्ययन सकेर उनीहरु तीनै जनाले यसैवर्ष सोही अस्पतालमा इन्टर्नसिप गरिरहेका छन । अनुहार, ज्यान, उचाइ र स्वर उस्तै भएकाले कोसँग परीक्षण गराएको भन्नेमा बिरामी वेला–वेला झुक्किने गरेका छन् । तिम्ल्याहा डाक्टर दाजुभाइ अहिले गिनिजबुकमा नाम लेखाउने तयारीमा छन् । एकैपटक एमबिबिएस उत्तीर्ण गरी डाक्टर बन्ने तिम्ल्याहाका रूपमा उनीहरूले गिनिजबुकमा नाम लेखाउन लागेका हुन् । ‘हामी तीनैजना लगभग उस्तै स्वभावका छौँ । स्कुलदेखि एमबिबिएस उत्तीर्ण र अरू क्रियाकलापमा पनि उस्तै भएका छौँ,’ सौजनले भने, ‘त्यसैले पनि हामीले गिनिजबुकमा नाम लेखाउन लागेका हौँ । सम्भवतस् सफलता मिल्नेछ ।’

अनुहार, ज्यान, उचाइ र स्वर उस्तै भएका उनीहरूले एकैपटक एमबिबिएस पास गरी मेडिकल कलेजमा इन्टर्नसिप गरिरहेका छन् । कोसँग परीक्षण गराएको भन्नेमा बिरामी वेला–वेला झुक्किने गरेका छन् ।
तिम्ल्याहा डाक्टर दाजुभाइ अहिले गिनिजबुकमा नाम लेखाउने तयारीमा छन् । एकैपटक एमबिबिएस उत्तीर्ण गरी डाक्टर बन्ने तिम्ल्याहाका रूपमा उनीहरूले गिनिजबुकमा नाम लेखाउन लागेका हुन् । ‘हामी तीनैजना लगभग उस्तै स्वभावका छौँ । स्कुलदेखि एमबिबिएस उत्तीर्ण र अरू क्रियाकलापमा पनि उस्तै भएका छौँ,’ सौजनले नयाँ पत्रिकासँग भने, ‘त्यसैले पनि हामीले गिनिजबुकमा नाम लेखाउन लागेका हौँ । सम्भवत: सफलता मिल्नेछ ।’ – See more at: http://www.enayapatrika.com/2015/06/11563#sthash.cGbVnxGE.dpuf

एकै परिवारमा प्रतिभावान छोरा जन्मिनु र एमबीबीएस सम्मको अध्ययनमा समेत एकरुपता हुनेले अन्तर्राष्ट्रिय जगतमा समेत अनौठो घटना हुनसक्ने तिम्ल्याहाका बाबुले बताए । जेठो छोरालाई पनि डाक्टर बनाउने चाहना रहेको देवकोटादम्पतीले बताए । तिम्ल्यिाहा छोराअघि जन्मिएका थिए सौरभ । ‘सौरभलाई पनि पिएचडी गराएर डाक्टर बनाउने इच्छा छ,’ बाबु शिवप्रसादले भने, ‘ऊ पनि अध्ययनका लागि विदेश जाँदै छ ।’

पत्रकार सम्मेलनमा आमा शकुुन्तलाले छोराहरु सानो हुँंदा हुर्काउन निकै कष्ट वेहोर्नु परेपनि अहिले उनीहरुले हाँंसिल गरेको सफलताले खुसी तुल्याएको बताइन । पत्रकार सम्मेलनमा तिम्ल्याहा दाजुभाइले भविष्यमा चिकित्सक बनेर दुर्गम भेगका गरिव जनताको सेवा गर्ने इच्छा रहेको बताए । तीनै दाजुभाइ अध्ययनको साथमा गीत संगीत र खेलकुदमा पनि रुचि राख्छन । तीनै दाजुभाइले एउटा कृष्णहरि बरालको रचना तथा गंगाधर पराजुलीको स्वर रहेको गीतको म्युजिक भिडियोमा पनि अभिनय गरेका छन ।

Comments