जोशीको ‘खन्ने जमात’ र ‘नासपाती टिप्ने खेल’
screennepal
प्रकाशित: २०७२, ४ असार शुक्रबार
no img

काठमाडौं । बालसाहित्कार राजेन्द्रभक्तत जोशीका दुई बालकृति प्रकाशित भएको छ । जोशीका ‘खन्ने जमात’ र ‘नासपाती टिप्ने खेल’ हिमालय बुक स्टलले प्रकाशित गरेको हो । दुवै पुस्तकको सम्पादन बालसाहित्कार कृष्णदीप सिग्देलले गरेका हुन् । त्यस्तै, ‘खन्ने जमात’ का चित्रकार भिष्म केसी र ‘नासपाती टिप्ने खेल’ का लागि विजयराज शाक्यले चित्रकार तयार गरेका हुन् । ‘खन्ने जमात’ पुस्तकमा आगो लागेको घरभित्र थुनिएकी सानी नानीलाई बचाउन घरमा पालिएको कुकुर र उसका साथीहरुले गरेको रमाइलो घट्नालाई समेटिएको छ भने अर्को ‘नासपाती टिप्ने खेल’ मा मोटे र पातलेलाई सबैले हेप्छन् । सँगै खेलाउँदैनन् । यताउता धकेल्छन् । मोटे पातले रिसाउँछन् । केही गर्न सक्दैनन् । तर, नासपाती टिप्ने खेलमा भने उनीहरु निराश हुँदैनन् ।

???????????????????????????????

राजेन्द्रभक्तत जोशी

साहित्कार जोशी छोटा र सरल कथा लेख्न रुचाउँछन् । उनका बालसाहित्य सम्वन्धि धेरै पुस्तक प्रकाशित छन् । दुवै पुस्तकको मूल्य ११० रुपैयाँ रहेको छ । जोशी कथावाचक समाजको स्थापनादेखि नै कोषाध्यक्ष, बालसाहित्य समाजका आजिवन सदस्य, स्वर्णिम साहित्य प्रतिष्ठानको कार्यकारी सदस्य तथा विभिन्न संघ संस्थामा पनि आवद्ध छन् । चाँडै जोशी गीतकारका रुपमा पनि चिनिँदैछन् । उनले लेखेका गीतहरु अहिले लयवद्ध गर्ने क्रममा रहेका छन् ।
छ ।

Comments