स्थान : राजधानीको हल्चोकस्थित शसस्त्र प्रहरीबलको खेल मैदान । २३ जेठ शनिबार । जहाँ जेठको मध्य दिनको टन्टलापुर घाममा नेता र अभिनेताबीच फुटबल भिडन्त हुँदैथियो । प्रधानमन्त्रीदेखि अभिनेतासम्म मैदानमा उत्रिने कुराले खेल सुरु हुनअघि दर्शकमा कौतुहलता जागेको थियो, ‘खेल कस्तो हुने होला ?’ जहाँ भुकम्पपीडितलाई सहयोगार्थ खेल हुँदैथियो, जसका कारण नेता र कलाकार तनमनले गर्मी नभनि मैदानमा उत्रिएका थिए । नयाँ पत्रिका राष्ट्रिय दैनिकले आयोजना गरेको मैत्रीपुर्ण खेलमा राष्ट्रपति डा. रामबरण यादवदेखि राजनीतिक दलका अधिकांश नेता र कलाकार सहभागी थिए । खेल मैदान बाहिर र भित्र जे देखियो, निकै रमाइलो थियो । हेर्नुहोस् फोटो स्टोरी । तस्बिर : एमपी सुब्बा
खेल हेर्दै कलाकार ।
खेल सुरु हुनअघि कलाकार र नेताको टिम ।
प्रियंका कार्की र सुनिल थापा
निर्माता तथा नयनियुक्त चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई ।
प्रियंका कार्की दर्शकतिर हेर्दै
हास्यअभिनेता मदनकृष्ण श्रेष्ठ फोनमा कुराकानी गर्दै
कलाकार संघका अध्यक्ष नवल खड्का मैदानमा छिर्ने तयारी गर्दै
लोक गायक बद्री पंगेनी गफमा मस्त
करिश्मा मानन्धर हल्चोक मैदान प्रवेश गर्दै
११ नम्बर जर्सीमा प्रधानमन्त्री सुशील कोइराला ।
अभिनेता दयाहाङ राईसँग एक शसस्त्र प्रहरी जवान तस्बिर खिचाउँदै