भूकम्पपीडितका लागि मैदानमा उत्रँदै कलाकार–नेता
screennepal
प्रकाशित: २०७२, १७ जेष्ठ आईतवार
no img

काठमाडौ । भूकम्पबाट पीडितहरुको सहयोगार्थ नयाँ पत्रिका राष्ट्रिय दैनिकले कलाकर्मीहरुका साथमा देशब्यापी रकम संकलन अभियान थाल्ने भएको छ । पत्रिकाले राजधानीमा पत्रकार सम्मेलन गरी २३ जेठमा हलचोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा कलाकार भर्सेस नेता मैत्रिपूर्ण फुटवल म्याच आयोजना गर्ने छ । साथै २६ जेठदेखि ५ असारसम्म मेची–काली हास्यब्यांग्य सांगीतिक कार्यक्रम गर्ने जनाएको छ । नयाँ पत्रिकाका प्रकाशन तथा सम्पादक कृष्णज्वाला देवकोटाले अहिलेको बिषम परिस्थितिमा हरेक तह र तप्काबाट पीडित ब्यक्ति तथा परिवारलाई सहयोग गर्न तयार हुनुपर्नेमा जोड दिदै यसका लागि नया पत्रिका सधै तयार रहेको बताए । ‘खासमा यो कलाकर्मीहरुकै अभियान हो । हामीले त साथ मात्र दिन खोजेका हौं,’ उनले भने, ‘हामी सबै मिलेर देश र समाजका लागि केही गर्ने बेला हो यो । त्यसकारण यसमा सबैको साथ रहनेछ भन्ने बिश्वास लिएको छु ।’ उनले मैत्रीपूर्ण फुटवल म्याचमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, राजनीति दलका नेता, समाजका बिशिष्ट ब्यक्ति तथा अगुवाहरुलाई आमन्त्रण गरिने जानकारी दिए ।

2
पुननिर्माण र जागरणका लागि कलाकर्मी र नयां पत्रिकाको साझा अभियान अन्तर्गत सुरु हुने कार्यक्रमको संचालन र ब्यबस्थापनको सम्पूर्ण खर्च नयां पत्रिकाले गर्ने छ । दाता तथा कार्यक्रमबाट संकलन हुने सम्पूर्ण रकम सरकारसंगको समन्वयमा भुकम्प प्रभावीत क्षेत्रको पुननिर्माणमा खर्चिने बताइएको छ ।
कार्यक्रममा काग्रेस सभासद गगन थापाले महाबिपत्तीबाट आहत भएकाहरुको कलाकर्मीको साथमा नयां पत्रिकाले लागेको सहयोग अभियानप्रति आफ्नो पूर्ण समर्थन र साथ रहेको बताए । ‘भुकम्पले भौतिक संचरना मात्र तहसनहस पारेको छैन, जनताको मनोबिज्ञानमा पनि असर पारेको छ । त्यसैले कलाकर्मीहरुले यो अभियानबाट निकै ठूलै योगदान दिन सक्छन्,’ उनले भने, ‘हामी सबै मिलेर देशको पुनर्निर्माणका साथै पीडित जनताको सेवा गर्नु छ । त्यसैले म र नेपाली काग्रेस यस अभिनयमा पूर्ण रुपले सहभागी हुने छ ।’
एमाओवादीका सचिव तथा पूर्वअर्थ मन्त्री बर्षमान पुन अन्नतले नयां पत्रिकाको अभियानमा आफू र आफ्नो पाटीको पूर्ण साथ र समर्थन रहेको बताए । उनले पीडितहरुको घाउमा महलम लगाउनका लागि कलाकर्मीको कलाकारिताले ठूलो मद्धत गर्ने राय ब्यक्त गरे । ‘यो निकै राम्रंो अभियान हो । हामी सबै मिलेर यो अभियानलाई अत्याधिक सफल पार्नूपर्छ । त्यसका लािग म र मेरो पार्टी हरदम तयार छ । कहां,कसरी, के गर्नूपर्छ, हामी तयार छौं ।’
एमाले सभासद रबिन्द्र अधिकारीले बिपत्तिको बेलामा सबै नेपाली एक हुने गरेको उदाहरण पेश गर्दै आफू र आफ्नो पार्टी यस अभियानलाई सफल पार्न कटिबद्ध रहेको बताए । उनले देश निर्माणको अभिभारा सबैमा रहेकोले पार्टीगत तथा आपसी मनमुटाव छाडी सबै एकजुट हुुनुपर्नेमा जोड दिए । ‘कलाकर्मीका साथमा नयां पत्रिकाले गर्न लागेको पीडितको सहयोगार्थ रकम संकलन अभिनय निकै सह्रानीय छ । यसमा हामी, हाम्रो पार्टी तथा पार्टीका स्थानीय स्वयम् सेवकले पनि सहयोग गर्नेछन्,’ उनले भने, ‘यो बिपत्तिलाई हामी सबैले चुनौती र अबसरका रुपमा लिन जरुरी छ ।’

नयां पत्रिकाका कार्यकारी सम्पादक उमेश चौहानले पत्रिकाले गर्न लागेको सहयोग रकम संकलन अभियानमा युवा नेता तथा कलाकर्मीले देखाएको सदासयता, समर्थन र साथको प्रसंसा गरे । ‘देश र जनतामा परेको यो पीडामा तपाई हामी सबै एकजुट भइ अघि बढ्दैछौं । यो एकता र तदारुक्ताले सबैमा सकारात्मक सन्देश प्रभाव गर्नेमा हामी बिश्वस्त छौं,’ उनले भने, ‘हाम्रो एउटा पहलले पीडितलाई ठूलो राहत मिल्न सक्छ । सबै नेपाली एक भइ देश निर्माणमा लागौं ।’

कलाकर्मी तथा संचारकर्मीको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अभिनेता तथा निर्देशक अशोक शर्मा, गायिका कोमल ओली, चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का, अभिनेत्री करिश्मा मानन्धर, दीपाश्री निरौला ,अभिनेता दयाहाङ राई, हास्य अभिनेताहरु किरण केसी, केदार घिमीरे (माग्ने बुढो),सीताराम कट्टेल (धुर्मुस) र कुमार कट्टेल (जिग्री) ले आफूहरु यस अभियानमा सतप्रतिशत लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।

Comments