सुनिता बनिन् सिल्क फेसनको ब्रान्ड एम्बेसडर
screennepal
प्रकाशित: २०७१, १४ चैत्र शनिबार
no img

काठमाडौं । फेसन पारखीका लागि राजधानीमा अर्को बुटिक थपिएको छ । फेसन डिजाइनर सिर्जना पोखरेल र अमित मल्लले दरबारमागस्थित माया सेन्टरमा ‘सिल्क फेसन’ नामक बुटिक सञ्चालनमा ल्याएका छन् ।

shilk Fashion (2)
उक्त बुटिकको एक समारोहबीच शनिबार चर्चित लोकगायिका सुनिता दुलालले उद्घाटन गरिन् । ‘सिल्क फेसन’की ब्रान्ड एम्बेसडरसमेत रहेकी सुनिताले उद्घाटन गर्दै भनिन्, ‘सिल्कले ब्रान्ड एम्बेसडर बन्न पाएकोमा खुसी छु ।’ उनले आफ्नो लक्ष्य पनि बुटिक सञ्चालन गर्ने बताइन् । केही समययता अनलाइन बुटिक सञ्चालन गर्दै आएकी सुनिताले भनिन्, ‘अहिलेसम्म अनलाइनमा मात्र बुटिक सञ्चालन गर्दै आएकी छु । तर, केही वर्षभित्रै यस्तै (सिल्क) बुटिक खोल्ने योजना बनाएकी छु ।’ उनले अनलाइनमार्फत देश–विदेशमा साडी तथा कुर्था सुलवारलगायत ग्राहकको अर्डरअनुसार विभिन्न पहिरन बिक्री गर्दै आएकी छन् । आफै पनि साडीको सौखिन भएकाले बढीजसो साडी नै बिक्री गर्दै आएकी सुनिताको भनाइ छ । बढीजसो विदेशकै कार्यक्रममा व्यस्त रहँदै आएकी सुनिताले आफुले स्टेज पर्फमेन्स गर्दा लगाएको साडीसमेत महँगो मुल्यमा बिक्री गर्दै आएकी छन् । पर्फमेन्स गर्दा लगाएको साडी प्राय उनका फ्यानले खरिद गर्ने गरेको छ ।
‘सिल्क फेसन’ को विशेषता इथिनिङ वेयर हो । बुटिककी सञ्चालक तथा फेसन डिजाइनर सिर्जनाले भनिन्, ‘हाम्रो बुटिकको विशेषता भनेकै इथिनिङ वेयर हो । हामी ग्राहकको रोजाइ र चाहनाअनुसार पहिरन तयार गरिदिन्छौ ।’ इथिनिङ वेयरमा अनाकली, साडी, लेहेँगालगायत पर्छ । जुन फेसनेवल महिना तथा युवतीहरुको मुख्य आर्कषण पनि हो । यसका साथै, टप, इभिनिङ वेयर र क्याजुअल वेयर पनि अर्डरअनुसार तयार गर्ने सिर्जनाले बताइन् ।
आइसीबाट फेसन डिजाइनरमा डिप्लोमा गरेकी सिर्जनाले भनिन्, ‘फेसन डिजाइनर बनेर बुटिक खोल्ने मेरो सानैदेखिको रुचि हो ।’ अर्का सञ्चालक अमितका अनुसार बुटिक सञ्चालनमा ल्याउन करिब ३५ लाख रुपैयाँ खर्च लाग्यो । उनले आफ्नो बुटिकमा ग्राहक हेरि पहिरन तयार गर्ने समेत बताए । ‘बुटिक भन्दैमा त्यति महँगो छैन’ उनले भने, ‘साधारणले पनि सिल्कमा आफूले चाहेको पहिरन खरिद गर्न सक्नेछन् ।’

Comments