झन्डाको रंगमा ‘ह्याप्पी न्यु ईयर’ गीत (भिडियोसहित)
screennepal
प्रकाशित: २०७१, २ कार्तिक आईतवार
no img

2014_10image_15_25_111052000satakali-ll

मुम्बई । अभिनेता शाहरुख खान र दीपिका पादुकोणको रिलिजको मुखैमा रहेको फिल्म ‘ह्याप्पी न्यू ईयर’ को नयाँ छोटो भिडियो रिलिज गरिएको छ । उक्त गीतको एउटा दृश्यमा शाहरुख, दीपिका, अभिषेक बच्चन, बोमन ईरानी र सोनु सूद देखिन्छन् । यो भिडियो हेरेपछि फिल्म भारतको राष्ट्रियतामा आधारित रहेको बुझिन्छ । उक्त दृश्यमा भारतको झन्डाको सबै रंग प्रयोग गरिएको छ । भिडियोमा चार जना हिरोका बीचमा दीपिका निकै आकर्षक लाग्छिन् । यो फिल्म यहि दीपावलीका रिलिज हुँदैछ । फराह खानले निर्देशन गरेको यस फिल्ममा शाहरुख खान, दीपिका पादुकोण, अभिषेक बच्चन, बोमन ईरानी र सोनु सूदको मुख्य अभिनय छ । यस फिल्मबाट शाहरुख आशावादी छन् । फिल्म बक्स अफिसमा  सुपरहिट हुने अपेक्षा उनको छ ।

Comments