फिल्मको जस्तै शाहरुख–गौरीको प्रेम कहानी (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७१, २३ आश्विन बिहीबार
no img
Shahrukh-Khan-and-Gauri-Khan-at-the-Premiere-of-the-film-Paa1

सन्तान र पत्नी गौरीसँग शाहरुख

मुम्बई । बलिउड अभिनेता शाहरुख खान र उनकी पत्नी गौरीको प्रेम कहानी कुनै फिल्मको कहानीभन्दा कम छैन । फरक–फरक धर्मका बावजुद शाहरुख र गौरीले एक–अर्कालाई स्वीकारेका हुन् । शाहरुख र गौरी स्कुलको एक पार्टीको दौरानमा भेटेका थिए । उक्त पार्टीमा शाहरुखले गौरीलाई पहिलोपटक एक केटासँग डान्स गरिरहेका देखेका थिए ।

indian-celebrities-wedding-pics_13445948040

शाहरुख–गौरी विवाहको फोटो

आखिर त्यही केटी (गौरी) सँग शाहरुखको प्रेम बस्यो र विवाहसमेत गरे । उनीहरुले प्रेम सुरु गर्दा शाहरुख खान १९ र गौरी १४ वर्षकी थिइन् ।
भनिन्छ, शाहरुखले गौरीलाई पहिलो भेटमै मन पराएका थिए । तर, शाहरुखको प्रेम प्रस्ताव  सुरुमा गौरीले अस्वीकार गरेकी थिइन् । आखिर ‘किङ अफ रोमान्स’ शाहरुखका अगाडि गौरी थाकिन् र प्रेम स्वीकार्न बाध्य भइन् । पहिलो भेटदेखि नै शाहरुख गौरीप्रति एकदमै आकर्षित थिए ।

shah-rukh-gauri_071313113518
शाहरुखको पजेसिभका कारण दिक्क भएर एकपटक गौरीले दिल्ली छाडेर मुम्बई आएकी थिइन् । शाहरुख गौरीलाई मनाउन मुम्बई नै पुगेका थिए । तर, शाहरुखलाई गौरी मुम्बईमा कहाँ बस्छिन् भन्ने थाहा थिएन । उनले दिनरात मुम्बईका गल्ली–गल्ली खोजिरहे । एक दिन शाहरुखले गौरीलाई मुम्बईको एउटा गल्लीमा क्सिा कुरिरहेको अवस्था भेटेका थिए । शाहरुखलाई देखेपछि गौरी रुन थालिन् ।

srjk-gauri-hello
शाहरुख र गौरी आफ्नो प्रेमलाई विवाहमा परिणत गर्न तयार थिए । तर उनीहरुलाई धर्मले राकेको थियो । फरक–फरक धर्मका कारण उनीहरका घरपरिवारले कडा आपति जनाएका थिए । शाहरुखले गौरीको परिवारवाई मनाउन खुब पापड पेले । र अन्ततः यी दुईले २५ अक्टुबर १९९१ मा कहिल्यै नछुट्ने कसम खाँदै विवाह गरे । अहिले यी जोडी ‘बी–टाउन’ उदाहरणीय मानिन्छन् । –एजेन्सीबाट

Comments