गोकर्ण विष्टले टोपबहादुरलाई ‘हिरो’ बन्न भनेपछि
screennepal
प्रकाशित: २०७१, २४ भाद्र मंगलवार
no img

सभासद् तथा एमाले सचिव गोकर्ण विष्ट अहिले राजनीतिमा ‘हिरो’ छन् । ऊर्जामन्त्री हुँदा गरेका सुधारका कामले उनलाई हिरो बनाएको हो । सोमवार तिनै गोकर्ण अर्का सभासद् टोपबहादुर रायमाझीलाई हिरो बन्न उक्साउदै थिए । फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’को शुभ साइतमा आएका टोपबहादुर मन्तब्य राख्ने क्रममा छोरालाई हिरो बनाउने आशयको मन्तब्य राखेपछि विष्टले टोपबहादुरलाई नै हिरो बन्न भनेका हुन् । कार्यक्रममा बोल्दै विष्टले भने, ‘टोपजीले छोरालाई हिरो बनाउने भन्नुभयो, म त उहाँ नै फिल्म क्षेत्रमा गएर हिरो हुन सुझाउँछु ।’

dinesh7
फिल्मका निर्देशक दिनेश डिसीका पुराना साथीका नाताले नेताद्वय कार्यक्रममा उपस्थित भएका थिए । दुवैले डिसी कलाकारितामा भएपनि सम्पर्कमा रहेको भन्दै उनको क्षमताको तारिफ गरेका थिए ।
दिनेश डिसीले आफ्नै होम प्रोडक्सनमा निर्माण थालेको फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’को शुभसाइत गरिएको हो । सोमबार साँझ सभासद्द्वय विष्ट र रायमाझी र चौधरी गु्रपुका निर्देशक निर्वाण चौधरी आतिथ्यमा फिल्मको शुभसाइत गरिएको थियो ।
फिल्म क्षेत्रमा बिताएका २१ वर्षको अनुभव र पैसा दुइटै लगाएर फिल्म निर्माण गर्न लागेको उनले बताए । फिल्ममा नीता ढुंगाना र आमेश भण्डारी मुख्य भूमिकामा देखिने छन् । आमेशको यो डेब्यु फिल्म हुनेछ । पुरुषोत्तम प्रधानले खिच्ने फिल्ममा तीनटा गी छन् । संगीत सुरेश अधिकारी र अमुल कार्कीले तयार गरेका गीतमा राजेश पायल राई , बानिका प्रधान र स्वयम निर्देशक डिसीको अवाज भरेका छन् । नृत्य निर्देशन रामजी लामिछाने र नरेशबीर सिंहको रहने छ भने द्वन्द्व एनबी महर्जनको हुनेछ ।

Comments