दुःखद् खबरः अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन (अन्तिम शन्देश सहित)
screennepal
प्रकाशित: २०७१, २५ श्रावण आईतवार
no img

 

काठमाडौं । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको छ । उपचारकै क्रममा गएराति उनको दिल्लीस्थित एपोलो हस्पिटलमा मृत्यु भएको बताइएको छ । ४७ वर्षको अल्पायुमैँ उनको निधन भएको हो ।
गत असार २७ गते हिरोइन श्रीमती श्वेता खड्काका साथ उनी उपचारका लागि दिल्ली पुगेका थिए । हनिमुनका लागि भारततर्फ लागेका उनी एक्कासी बिरामी भएपछि दिल्ली पुगेका हुन् ।
२०४५ सालमा ‘भूमरी’ फिल्मबाट अभिनय यात्रा थालेका उनी २०४९ फिल्म ‘नाता’बाट अभिनेतामा डेब्यू गरेका थिए । दर्जनौं हिट फिल्मका अभिनेता श्रीकृष्णको गत शुक्रवार मात्रै नयाँ फिल्म ‘कोहिनूर’ रिलिज भएको थियो ।

अन्तिम शन्देश
https://www.youtube.com/watch?v=b0AwkNpWQlA

Comments