सोनम भन्छिन्, ‘गीत त मरेनी गाउँदिनँ’
screennepal
प्रकाशित: २०७१, १२ श्रावण सोमबार
no img

sonam

मुम्बई, (एजेन्सी) । केही समय यता बलिउड स्टार आफ्नो गायन प्रतिभालाई फोकस गरिरहेका छन् । विशेष गरी अभिनेत्रीहरूले आफूले अभिनय गर्ने फिल्ममा गीत गाइरहेका छन् । आलिया भट्ट र श्रद्धा कपुर यसका उदाहरण हुन् । तर, यसबारे सोनम कपुर भन्छिन्, ‘म गीत त मरेनी गाउँदिनँ ।’
भविष्यमा कुनै फिल्ममा गीत गाउने सोच छ कि छैन ? भन्ने प्रश्नमा सोनमले हाँस्दै भनिन्, ‘के तपाईं पागल हो । फिल्ममा गाउनु त टाडाको कुरा । म बाथरुम सिंगर पनि होइन । म जीन्दगीमा कहिल्यै पनि गीत गाउन सक्दिनँ ।’
स्मरणीय कुरा, आलियाले सबैभन्दा पहिले आफ्नो फिल्म ‘हाइवे’ मा गीत गाएकी थिइन् । त्यसपछि श्रद्धा कपुरले पनि फिल्म ‘एक भिलेन’ मार्फत गायनमा डेब्यु गरिन् । यी दुवै अभिनेत्रीको आज श्रोताले रुचाए पनि । त्यस्तै, अभिनेता सलमान खानले पनि अहिले प्रदर्शनमा रहेको आफ्नो फिल्म ‘किक’ का एउटा गीत गाएका छन् । उनले गाएको गीत हो, ‘ह्याङओभर’ । तर, सोनम अभिनयबाहेक अरू आफ्नो प्रतिभा देखाउन इन्कार गर्छिन् । उनी भन्छिन्, ‘म बहुप्रतिभाशाली केटी होइन, अभिनय राम्रो गर्छु । सिर्फ यति हो मेरो प्रतिभा ।’

Comments