बिहेपछि बिद्याका सबै फिल्म ‘फ्लप’
screennepal
प्रकाशित: २०७१, २६ असार बिहीबार
no img

मुम्बई, (एजेन्सी) । भनिन्छ, विवाहपछि अभिनेत्रीको ‘क्रेज’ घट्दै जान्छ । यो भनाइ सबै अभिनेत्रीमा लागू नहुन सक्छ । फिल्मी दुनियाँमा यस्ता अभिनेत्री पनि छन्, जो विवाहपछि झनै चम्किएका छन् । तर, बलिउड अभिनेत्री विद्या बालनको सन्दर्भमा भने माथिकै भनाइ चरितार्थ भएको छ, अर्थात् सिद्धार्थ राय कपुरसँग विवाह गरेपछि बिद्या अभिनीत फिल्महरु फ्लप हुन थालेका छन् ।

 

vidya-balan
शुक्रबार रिलिज भएको ‘बेबी जासूस’ले अपेक्षाकृत व्यापार गर्न सकेन । फिल्मबाट बिद्या निकै आशातित थिइन् । तर, उनले भनेजस्तो फिल्मले बक्स अफिसमा कमाल गरेन अर्थात् फिल्म फ्लप भयो । सिद्धार्थसँग विवाह गरे यता विद्या अभिनीत यो तेस्रो फ्लप फिल्म बनेको छ ।
यसअघि राजकुमार गुप्ताद्वारा निर्देशित ‘घनचक्कर’ र फरहान अख्तरका साथ काम गरेको फिल्म ‘शादी के साइड इफेक्ट्स’ बक्स अफिसमा फ्लप भएको थियो । बलिउडमा सरल तथा सोझी अभिनेत्रीको छवि बनाएकी विद्या अभिनीत फिल्म लगातार फ्लप हुँदै जानुमा विवाहलाई नै कारण मानिएको छ । विवाहअघिका उनका अधिकांश फिल्म हिट छन् ।
फिल्म ‘बेबी जासूस’ले रिलिजको पहिलो दिन १ दशमलव २५ करोड रुपैयाँको ग्रस कलेक्शन गरेको थियो भने दोस्रो र तेस्रो दिन १ दशमलव ६० र २ दशमलव २५ करोड रुपैयाँको व्यापार ग¥यो । साता दिन बित्न लाग्दा पनि फिल्मले ७ करोड रुपैयाँभन्दा माथि व्यापार गर्न सकेको छैन । यो बलिउड बक्स अफिसका लागि कमजोर नतिजा हो । यस फिल्मले आफ्नो प्रचारमा लागेको खर्चसमेत उठाउन नसकेको बताइएको छ । केही महिनाअघि जासूसीमा आधारित फिल्म ‘सम्राट एन्ड कम्पनी’ रिलिज भएको थियो, जसका कारण पनि ‘बेबी जासूस’ फ्लप भएको अनुमान गरिएको छ ।

Comments