बाल स्टार देखी पुराना स्टार सम्मले “प्रेम गीत ३”मा स्थान बनाए..
movie desk
प्रकाशित: २०७६, ११ असार बुधबार
no img

निकै प्रतिक्षारत फिल्म प्रेम गीत ३ मा स्टार कलाकारहरुको आगमन बढेसँगै अर्का एक चाईल्ड स्टार अनुभव रेग्मीको पनि ईन्ट्री भएको छ । 

मंगलबार साँझ भएको सम्झौता अनुसार अनुभवले फिल्मका मुख्य अभिनेता प्रदीप खड्काको बाल्य अवस्था अर्थात प्रेमको भूमिका निर्वाह गर्नेछन् । ‘प्रेम सानो हुँदाको रोलमा अनुभव अत्यन्त फिट देखिए त्यसैले आज हामीले उनीसँग सम्झौता गरेका छौँ । निर्माता समेत रहेका प्रेम गीत ३ फ्रेन्चाईजका निर्देशक सन्तोष सेनको भनाई छ । ‘ 

करिब ४ करोड लागतमा बन्न लागेको प्रेम गीत ३ मा यस अघि शिव श्रेष्ठ सहित मोडलिङ फिल्डमा एउटा नयाँ पहिचान बनाउँन लागेका मनिष राउत सहितका अन्य चर्चित कलाकारहरु फाईनल भईसकेका छन् । हाल यो फिल्मको प्रिप्रोडक्सन अन्र्तगतको कास्टिङ चयनको कार्य अन्त्य अन्त्य तर्फ पुगेको छ । बताईए अनुसार अबको एक हप्ता भित्र प्रेम गीतकी हिरोइनको नाम पनि अनाउन्स गरिनेछ । 

यो टिमले प्रेम गीत ३ का लागि हिरोइन अडिसन आहवान गरेको थियो जसका लागि विश्वभरी रहेका २७२४ जना नेपाली युवतीहरुले फारम भरेका थिए । त्यस मध्ये उत्कृष्ट २५को अडिसन हालै मात्र समापन गर्दै सर्वोत्कृष्ट १ हिरोइन छनौट गर्ने तयारीमा छन् निर्माता सेन ।

Comments