कला : दोलखा एल्बममा जे देखियो…
screennepal
प्रकाशित: २०७३, १ जेष्ठ शनिबार
no img

काठमाडौं । समुदायमा केन्द्रीत रहेर कला सिर्जना गर्ने उद्देश्यसहित सातदिने आवासीय कला कार्यशाला गरिएको छ । आर्टुडियोको आयोजनामा दोलखाको गैरीमुदीका ७, ८ र ९ वडामा भएको कार्यशालामा कलाकार सुजन डंगोल, सन्ध्या सिलवाल, सुरेन्द्र मर्हजन, राजनश्रेष्ठ र अभिमन्यू दीक्षित सहभागी छन् । उनीहरुले समुदायमा सामाजिक सशक्तिकरण र सिर्जनशिलपक्ष कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर बहससमेत गरेकाथिए ।

Dolakha Album 1
गतवर्षको भूकम्पको त्रासदीमा परेको जिल्ला दोलखामा कलाकारलाई समुदायमा लगेर त्यसको प्रभावसँगै समाजमा कलालाई चिनाउने यसको सिर्जनशिल महत्वलाई बुझाउने अभियानको नेतृत्व युवाकलाकार कैलाशकुमार श्रेष्ठले लिए । उनको पहलमा गत वर्षदेखि नै त्यहाँ समुदायलाई नै कलामा सहभागी बनाइ भूकम्प पीडालाई बिर्सने अभियानसँग जोडे । उनी स्वयम् भूकम्पपीडित कलाकार थिए नै त्यसमा उनले विपद्का बेलापनि साहस बटुलेर भूकम्पको त्रासदीलाई मेटाउने प्रयत्नलाई समुदायसँग जोडे । उनको त्यो पहलले दोलखा जिल्लालाई कम्युनिटी आर्टको रुपमा अन्तर्राष्ट्रिय रुपमै चिनायो ।
‘दोलखा एल्बम’ नाम दिइएको आवासीय कलाकार्यशाला बैशाख २१ देखि ३० सम्म दोलखाको गैरिमुदीमा आयोजना गरिएको आवासीय कलाकार्यशालाले कलाकारलाई समुदायबीचमा लैजान र त्यहाँका अन्तरकथालाई बुझ्न महत्वपूर्ण कामग¥यो । सो कार्यमा सहभागी कलाकार सुजन डंगोलले मानिसले प्रयोग गर्ने विभिन्न सामग्रीलाई कलाका रुपमा प्रस्तुत गरेका थिए ।

Dolakha Album
सुरेन्द्र महर्जनले परिधि शीर्षकमा बाँसघारीमा आवासको परिकल्पना तिनमा मानिसको दिनदैनिकीलाई प्रस्तुत गरेकाथिए । राजनश्रेष्ठले सहनाई र ट्याम्कोको धुनलाई संगीतका रुपमा प्रयोग गरी स्थानीयका पीडाभित्रका हाँसोलाई कलात्मक रुपमा भिडियोमा उतारेका छन् । त्यस्तै, सिने कलाकार अभिमन्यू दीक्षितले सपनाशीर्षकमा स्थानीयबासीलाई नै कलाकार बनाएर २० मिनेटको फिल्म बनाएका छन् ।
स्थानीय स्रोत र साधनलाई परिचालन गरीकलाकारले समुदायका संस्कृति र परिवेशलाई कलात्मक रुपमा प्रस्तुत गर्न सफल भए । समाजमा त्यस्तो कलाजीवन्त रहन्छ जसले समाजको अन्तरकथा, संस्कृति तथा स्थानीयको मनमुटुलाई छुनसक्छ । समाजका यिनै विषयलाई समेटेर कलाकारले कला बनाए, जसले स्थानीयलाई कला र कलाप्रति रुचि जाग्नथाल्यो ।
कलाकारले भूकम्पपश्चात् गैरिमुदीको सांस्कृतिक, भौगोलिक, आर्थिक तथा भावनात्मकलगायत सामाजिक परिवेशकाबारे समुदायमा एक हप्तासम्म बसी कला रचना गरेका थिए ।
आर्टुडियोले भूकम्पपश्चात्को तेस्रो दिनदेखिनै ‘हिलिंग थ्रु आर्ट’अभियानमार्फत् भूकम्पपीडित बालबालिका तथा अन्यलाई कलाको माध्यामद्धारा मानसिक तनाव हटाउने कामसमेत गरेको थियो । जुन कला अभियान भूकम्प प्रभावित विभिन्न जिल्ला हुँदै गैरिमुदीमा पनि सञ्चालन भएको थियो र सोही कला अभियानमार्फत समुदायमा परेको सकारात्मक परिवर्तनका कारण आर्टुडियोले सामुदायिककला केन्द्रको स्थापना गर्नेसम्म कामगरिसकेको यसका संस्थापक कैलाशले बताए । उनले भने, ‘यो केन्द्र स्थापना भएपछि हामीले उक्त स्थानमा अस्थायी टहरा बनाएर स्थानीयहरुलाई कलागतिविधिमा सहभागि गराउँदै आएका छौं ।’ गैरिमुदीमा तयार पारीप्रदर्शन गरिएका ती कलालाई काठमाडौंमा पनि प्रदर्शनी गर्ने तयारी भइरहेको कैलाशले बताए ।

Comments