ह्याट्रिक गर्लान् त हेमराज
screennepal
प्रकाशित: २०७१, ८ माघ बिहीबार
no img

hemrajमुम्बईमा फिल्म निर्देशनको अनुभव हासिल गरेर नेपाल फर्किएका निर्देशक हेमराज बीसीले लगातार दुइटा हिट फिल्म दिए । ‘होस्टेल’ र ‘जेरी’ फिल्ममार्फत सफल निर्देशकको पहिचानसहित अघि बढेका उनको तेस्रो फिल्म ‘सम्बोधन’ अर्काे हप्ता रिलिज हुँदैछ । उनीसामु दुइटा चुनौती छन्,  फरक जान्रामा पनि सफल हुने र ह्याट्रिक गर्ने । यसअघिका दुइटै फिल्म टिनएजर लभ स्टोरीमा आधारित थिए । तर, यो फिल्ममा उनले नेपालको जस्तो परिस्थितिमा सर्वसाधरणले भोग्ने नियतिलाई उठाउन खोजेका छन् । तरल राजनीतिक अवस्था लम्बिँदै जाँदा सर्वसाधारण बाध्य भएर जनाउने प्रतिक्रिया छ, फिल्ममा । हालै आयोजित फिल्म ‘सम्बोधन’को पत्रकार सम्मेलनमा पनि यो प्रश्न उठाइयो ? उनी भन्छन्, ‘फिल्म मेकरका लागि सबै प्रकारका फिल्म चुनौतीपूर्ण नै हुन्छन् । मलाई फरक जान्राले कुनै फरक पार्दैन, म स्टोरी टेलर हो । राम्रो स्टोरी भनिरहेको छु ।’ नम्रता श्रेष्ठ, दयाहाङ राई, प्रशान्त ताम्राकार र विनय भट्ट मुख्य भूमिका रहेको फिल्म ‘सम्बोधन’ले हेमराजको ह्याट्रिक अपेक्षाको सम्बोधन गर्ला कि नगर्ला ?

Comments