‘सिसा’ले चम्काउला रागिनीलाई ?
screennepal
प्रकाशित: २०७१, २३ श्रावण शुक्रबार
no img

काठमाडौं । बलिउडमा सन्तान कलाकारहरूको प्रवेश शानदार छ । बलिउडकर्मीकी छोरीचेली फिल्ममा बिक्न त्यति गाह्रो छैन ।

नेपाली फिल्म क्षेत्रमा पनि दोस्रो पुस्ताको प्रवेश भइरहेको छ । तर, जम्न उति सहज छैन । नेगेटिभ भूमिका र द्वन्द्व निर्देशनमा तहल्का मच्चाएका राजेन्द्र खड्गीकी सुपुत्री रागिनी खड्गीले पनि हिरोइनका रूपमा नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

केही फिल्म रिलिज पनि भए, तर उनी भाग्यमानी ठहरिनन् । आफ्नै बाबुको होम प्रोडक्सनले पनि माथि नउकासेपछि रागिनीको अन्तिम आशा फिल्म ‘सिसा’मा बाँकी छ । किनभने, अहिले नेपाली दर्शकले रुचाएका अभिनेता जीवन लुइँटेलको अपोजिटमा छिन् उनी । शुक्रवार रिलिज फिल्मले नेपाली फिल्म क्षेत्रमा रागिनीलाई हिरोइनका रूपमा चम्काउने अपेक्षा यसका निर्देशक आरबीके शरद्को पनि छ ।

फिल्मको रिलिज समय नजिकिए पनि प्रचारमा भने रागिनी देखिएकी छैनन् । डिग्री पढ्दै गरेकी उनले थेसिस लेखिरहेको भन्दै निर्देशकलाई ‘डिस्टर्ब नगर्न’ भनेकी छिन् । चाँडै थाहा पाइनेछ– ‘सिसा’ले रागिनीलाई कत्तिको चम्काउँछ ?ragini khadki sexy nepali diva

Comments