काठमाडौं । तमू गुरुङ समुदायले बुधबार धुमधामका साथ पर्व ‘प्र–ल्हो’ ल्होछार पर्व मनाए । राजधानीमा बसोबास गर्दै आएका गुरुङहरुले झाँकीसहित टुँडिखेल पुगेर ल्होछारको रमझम गरेका छन् ।
गुरुङले ल्होछारलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । उनीहरु बिहानैदेखि परम्परागत मौलिक भेषभूषामा सजिएर टुँडिखेल पुगेका थिए । दोस्रो दिनलाई विशेषगरी मनाउने गरिएको छ ।
यो पर्व गुरुङले तीन दिनसम्म मनाउने गरेका छन् ।
तस्बिर : बर्षा शाह