हस्तकला व्यवसायीद्वारा सम्पदाको पुनःनिर्माणमा लाग्न सरकारलाई आग्रह
screennepal
प्रकाशित: २०७२, ३० जेष्ठ शनिबार
no img

– देबेन्द्र थुम्केली

काठमाडौं । बैशाख १२ मा गएको भूकम्प र त्यसपछि हाएका पराकम्पनले पुरातात्विक क्षेत्रमा नराम्ररी प्रभाव पारेको छ । ७ सय ४१ भन्दा बढी सम्पदामा क्षति पुगेको पुरातत्व विभागले जनाएको छ । यी सम्पदाको जीर्णोद्धार तथा पुनर्निर्माणमा ४० अर्बभन्दा बढी लाग्ने जनाइएको छ । भूकम्पबाट क्षतिग्रस्त कलात्मक सम्पदाको जीर्णोद्धार तथा पुनर्निर्माण कसरी गर्ने ? भन्ने विषयमा नेपाल हस्तकला महासंघले अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव भरतमणि सुबेदीको आतिथ्यतामा सम्पन्न कार्यक्रमा उपस्थिति हस्तकला व्यवसायिकले क्षतिग्रस्त सम्पदाको पुननिर्माण गर्न आग्रह गरे ।

???????????????????????????????
‘भूकम्पबाट क्षतिग्रस्त कलात्मक सम्पदाहरुको जिर्णोद्धार तथा पुनःनिर्माणमा सरोकारवालाहरुको दायित्व एवं भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहसचिव सुवेदीले सरकारले सम्पदाको पुनर्निर्माण तदारुकता साथ गर्ने बताए । सुवेदी भन्छन्, ‘पुनर्निर्माण कार्यमा भावनात्मक भन्दा व्यवहारिक रुपमा लाग्नुपर्दछ । नेपालको वर्तमान परिस्थितिमा हस्तकला क्षेत्रको सबैभन्दा ठूलो चुनौतिको रुपमा रहेको सीप हस्तान्तरण र पु्स्तान्तरणको अभाव, परम्परागत र आधुनिक प्रविधबीचको द्वन्दका साथै कानुनी संरचनालगायतका विषयवस्तुले खेल्ने भूमिका महत्वपूर्ण भएकाले सबैले त्यतातिर पनि ध्यान दिन जरुरी छ ।’
कला तथा शिल्पले भरिपूर्ण ऐतिहासिक सम्पदा, दरबार, मठ–मन्दिर, सत्तल, पाटी, पौवा, गुम्बा, बिहार तथा चैत्य लगायतका महत्वपूर्ण सम्पदा क्षतिग्रस्त भएका छन् । क्षतिग्रस्त सम्पदाको मर्मत सम्भार, जीर्णोद्धार र पुनर्निर्माणको कार्यमा सम्बन्धित निकायको दायित्व र भूमिकालाई प्रभावकारी रुपमा अगाडि बढाउन पहल गर्ने उद्देश्यले महासंघको कला तथा शिल्प परिषदको आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा हस्तकला महासंघका उपाध्यक्ष सुरज बज्राचार्यले कला र सम्पदाको संंरक्षणमा सबै एकजुट भएर लागेमा केही वर्षमा नै क्षति पुगेका सम्पदाको पुनर्निर्माण गर्न सकिने बताए । उनले भने, ‘यो काम सरकारको मात्र नभएर हामी सबैको हो । सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेमा यो काममा छिट्टै सफलता मिल्न सक्छ ।’
कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्यले भूकम्पबाट सिर्जित विषम परिस्थितिमा महासंघले पीडित पक्षको राहत, उद्धार र सम्पदाको मर्मतसम्भारमा सहयोग पु¥याउन १० लाखको कोष स्थापना गरी ३ लाख प्रधानमन्त्री उद्धार कोषमा र बाँकी ७ लाख पीडित पक्षको राहत र क्षतिग्रस्त सम्पदाको मर्मतसम्भारका लागि छुट्याएको जानकारी दिए । उक्त रकम ‘सीड मनी’ मात्र भएको र महासंघले यस क्षेत्रका दाताको सहयोगबाट १ करोडको हाराहारीमा सहयोग रकम संकलन हुने अपेक्षा रहेको बताए ।
सोही अवसरमा उनले भने, ‘हस्तकला क्षेत्रका विभिन्न विधाहरु विशेषगरी धातुकला, काष्ठकला र प्रस्तरकला क्षेत्रका सिद्धहस्त कलाकारहरु आफुमा रहेको सीप र कौशललाई भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको मर्मतसम्भार, जीर्णोद्धार र पुनर्निर्माणको काममा संलग्न हुन तत्पर रहेका छन् ।’ उनले थपे, ‘यसका लागि नेपाल सरकार विशेषगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभागले ध्यान दिन जरुरी छ ।’
उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल हस्तकला महासंघका पूर्व अध्यक्षहरु सागर शम्सेर राणा, पुष्करमान शाक्य, इन्द्र बहादुर शाक्य, भक्तपुर नगरपालिकाका प्रमुख उद्वव प्रसाद रिजाल, ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुष्मा राजभण्डारी लगायतका वक्ताले आ–आफ्नो मन्तव्य राखेका थिए । सो कार्यक्रममा अनिल चित्रकारले सम्पदाको जीर्णोद्धार र पुनर्निर्माण राज्य गम्धीर हुनुपर्ने बताए थिए । उनले सो कार्यक्रममा सम्पदा निर्माण कसरी गर्ने विषयमा आफ्नो प्रस्तुति दिएका थिए । चित्रकारले थपे, ‘सर्वप्रथम कलाको सुरक्षा गर्नुप¥यो, आवश्यक बजेट जुटाएर तिनको जिर्णेद्धार तथा पुनर्निर्माण गर्नुप-यो, असारमा हुने डोनर मिटिङमा सम्पदाको विषयलाई गम्भीर रुपमा उठाउनुप¥यो, आवश्यक सामाग्री जुटाउन पहल गर्नुप¥यो र सामाग्रीको सही सदुपयोग कसरी गर्ने भन्नेमा ध्यान दिनुप¥यो, सम्पदा निर्माणमा राज्यको नीति स्पष्ट हुनुप¥यो (एकद्धार नीतिले सहयोगिलाई काम गर्न अफ्ठयारो भएमा त्यसलाई सहज कसरी बनाउने त्यसमा राज्यको नीतिममा उल्लेख गर्नुप-यो), कार्यक्रममा महासंघका उपाध्यक्ष किरण कुमार डंगोलले सबै पक्ष मिल्न सके मात्र सम्पदाको संरक्षण र पुनर्निर्माण सघाउ पुग्ने बताए । उनले भने, ‘हस्तकला व्यवसायी र हस्त शिल्पीहरुको मागलाई उचित सम्बोधन गरिदिनको लागि सरकारसँग आग्रह गर्दछ ।’

Comments