काठमाडौं । कतिपयले गोप्य बिहे गर्छन् । तर, आइतबार पशुपतिनाथ मन्दिर नजिकै वनकाली परिसरमा भने एकैसाथ १ सय १ जोडीले सामूहिक रुपमा सँगै मर्ने, सँगै बाँच्ने कसम खाए, जसमा कलाकार तथा मोडल जोडी पनि परे । बढ्दो सहरीकरण तथा आधुनिक करणसँगै ‘लिभिङ रिलेसनशीप’ को संस्कार बढिरहेका बेला यी जोडीले सामूहिक बिवाह गरेका हुन् ।
शनिवारदेखि ‘रोज डे’, ‘प्रपोज डे’ हुँदै माया साट्ने यो एक हप्ते प्रक्रियामा उनीहरुले सामूहिक बिवाह गरेका हुन् । ‘तिम्रो नजिक बन्दिनँ, ‘तिमी करम’, ‘के नै भन्नु छ र’लगायतका गीतमा मोडलिङ गरिसकेका मिराजविक्रम सिंहले प्रेमिका कोपिला सापकोटासँग अन्य १ सय जोडीसँगै विवाह गरे । यो माहोलमा विवाह गर्नुलाई उनले अहोभाग्य ठानेका छन् । आइतबार बिहे गरेका यी जोडीले शनिवार विवाहका लागि नाम आफ्नो दर्ता गराएका थिए । नेपालमा पहिलोपल्ट यसरी सामूहिक विवाह गरिएको हो । बिवाह गर्ने जोडीहरु पूर्वझापादेखि पश्चिम कैलालीसम्म थिए । तस्बिर : नविन गुरुङ