काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर अभिनीत फिल्म ‘एनिमल’ले रिलिजको पाँचौँ दिन मंगलबारसम्म ३८.२५ करोड भारु कमाएको छ । यौसँगै फिल्मले घरेलु बक्स अफिसमा २८३.७४ करोड रुपैयाँ कमाएको हो ।
यस्तै, विश्वव्यापी कलेक्सनमा यो फिल्म ५ सय करोड क्लबमा समावेश हुने नजिक पुगेको भारतीय मिडियाले उल्लेख गरेका छन् । फिल्मले ५ दिनमा विश्वभर ४ सय ८१ करोड भारतीय रुपैयाँ कमाएको छ ।
स्याकनिल्कका अनुसार मंगलबार चलचित्रको हिन्दी भर्सनमा दर्शकको उपस्थिति ४२.५१ प्रतिशत रहेको थियो भने बुधबार घरेलु बक्स अफिसमा ३ सय करोड क्लब पार गरेको छ ।
उता, एनिमलसँगै रिलिज भएको विक्की कौशलको साम बहादुरले मंगलबार ३.५० करोड भारतीय रुपैयाँ आम्दानी गरेको बताइएको छ ।