केटी १३ वर्षको जस्ती रे !
screennepal
प्रकाशित: २०७१, २७ असार शुक्रबार
no img

हलिउड पप स्टार केटी पेरी ३० वर्षमा हिडिरहेकी छन् । तर, उनलाई भने अझै १३ वर्षकै छुजस्तो लाग्छ रे । प्रायः टिनएजर पहिरनमा दखिने पेरीले भनिन्, ‘३० वर्षकी भइसक्दा पनि आफूलाई १३ वर्षकै जस्ती लाग्छ ।’ यी गायिका स्टेजमा समेत प्रायः आफूलाई किशोरावस्था देखिने पहिरन लगाउँछिन् ।
गायिका पेरीले चन्चल देखिने रंगको पहिरन मन पर्ने पनि बताएकी छन् । ‘मलाई चन्चल रंगको पहिरन असाध्यै मनपर्छ’ यी गायिकाले भनिन्, ‘त्यसैले मैले आफ्नो प्र्रिज्मेटिक वल्र्ड टुरमा पनि यस्तै पहिरन लगाएँ । उनले ब्रान्डले फरक नपार्ने बताउँदै पहिरन आफू सुहाउँदो लगाउने गरेको सुनाइन् । पेरीले भनिन्, ‘आफ्नो कार्यक्रममा धेरै रंगमा देखिन चाहन्छु, जसबाट मस्ती लिने गरेकी छु ।’

Comments