‘अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा ८० फिल्म छनोट
screennepal
प्रकाशित: २०७६, ३ माघ शुक्रबार
no img

तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव १ फागुनदेखि ५ गतेसम्म काठमाडौ हुने भएको छ । ‘विश्वका कथाहरुको कथ्य उत्सव’ नारासहित हुन लागेको महोत्वसमा ८० चलचित्र प्रदर्शन गरिन भएको छ ।
नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन गइरहेको उक्त महोत्सवमा १० अन्तर्राट्रिय फिल्म, ३५ लघुफिल्म, ५ नेपाली कथानक फिल्म, १५ नेपाली लघुफिल्म, ८ वृत्तचित्र र ६ एनिमेटेड फिल्म प्रदर्शन हुने जनाइएको छ ।
आजोजकका अनुसार ५५ देशका ६ सयभन्दा बढी फिल्मबाट उत्कृष्ट ८० वटा फिल्म महोत्सवका लागि छनोट गरिएको हो । महोत्सवमा यस वर्ष एनिमेसन र वृत्तचित्र विधा थपिएको छ ।
आयोजकका अनुसार महोत्सवमा कथानक फिल्म, वृत्तचित्र र एनिमेटेड विधाका उत्कृष्ट फिल्महरुलाई छुट्टाछुट्टै पुरस्कार वितरण गरिनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट कथानक फिल्मलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ भने सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार अमेरिकी डलरसहित माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ७५० अमेरिकी डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ट लघु फिल्मलाई ५ सय डलरसहित बाग्मती अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै, उत्कृष्ट फिल्मलाई १ लाख रुपैयाँ र पुरस्कार तथा उत्कृष्ट लघु फिल्मलाई ४० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ । कथानक फिल्मको मूल्याँकनका लागि बलिउड फिल्म निर्देशक प्रकाश झाको नेतृत्वमा निर्णायक समिति गठन गरिएको छ ।
त्यस्तै वृत्तचित्र, लघुफिल्म तथा एनिमेटेड फिल्मको मूल्याँकनका लागि श्रीलंकाली फिल्मकर्मी अनोमा राजाकरुण नेतृत्वको समितिले गर्नेछ । महोत्सव राष्ट्रिय सभागृह तथा पर्यटन बोर्डको सभाकक्षमा हुनेछ ।

Comments