राम र विकासलाई तेह्रथुमे ढाका बुटिकको बधाई
screennepal
प्रकाशित: २०७६, २४ मंसिर मंगलवार
no img

गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन-२ का विजेता राम लिम्बू र टप-४ मा पुग्न सफल विकास लिम्बूलाई तेह्रथुमे ढाका बुटिक ललितपुरले बधाई तथा सम्मान गरेको छ । तुम्पाबो सेवा समाज संघले आयोजना गरेको कार्यक्रममा तेह्रथुमे ढाका बुटिकले पनि बधाई दिएको हो ।


हिमालयन टेलिभिजनद्वारा प्रस्तुत सांगीतिक प्रतिभा खोज्ने गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को सिजन–२ मा टप–४ बाट राम विजेता घोषित भएका हुन् । उनीहरुलाई बधाई तथा शुभकामना दिन सोमबार ललितपुरमा तुम्बापोे सेवा समाज संघले कार्यक्रमको आयोजना गरेको थियो । सोही अवसरमा यस वर्षको ‘भ्वाइस अफ नेपाल’ विजेता राम र विकासलाई बुटिककी प्रोपाइटर तथा फेसन डिजाइनर निरु आङबुङले तेह्रथुमे ढाका टोपी ओढाइ दिएर बधाई तथा शुभकामना दिन भ्याइन् ।


तेह्रथुमे ढाका बुटिकले यसअघि पहिलो सिजनमा अफिसियल डे«स पार्टनरको समेत भूमिका निर्वाह गरेको थियो । तर, यसपटक भने सेमिफाइनलमा पुगेका विकास लिम्बूका लागि मात्र ढाका ड्रेस उपलब्ध गराएको थियो । रामका लागि समेत ड्रेस तयार गर्ने मनशाय भएपनि नभ्याएकाले सिलाम साक्मा मात्र दिन भ्याएकोे निरुले बताइन् । उनले भनिन्, ‘यसपटक तेह्रथुमे ढाका बुटिकले विकासको लागि डे«स उपलब्ध गराएकी थिएँँ, रामका लागि भने भ्याइनँ ।


पछिल्लो समय तेह्रथुमे ढाका बुटिकको पहिरन देश–विदेशमा चर्चित छ । पुर्वी नेपालको तेह्रथुममा हाते तानबाटै बुनेको ढाका कपडा भएकाले पनि उक्त बुटिकको पहिरन दिनानुदिन लोकप्रिय बन्दै गएको हो । यो बुटिकले नेपाली सेलिब्रेटीदेखि नेतासम्मका लागि ढाका ड्रेस तयार गर्दै आएको छ ।


कुनै समय आदिवासी तथा पुर्वेली पहिरनका रुपमा मात्र लिइएको ढाका पहिरन अहिले जो–कोहीको रोजाइमा पर्न थालेको छ । यसको श्रेय तेह्रथुमे ढाका बुटिकलाई जान्छ । ढाका कपडा र पहिरनको प्रवद्र्धनसँगै यो बुटिकले नेपाली उत्पादनलाई समेत अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सफल भएको छ ।

Comments