लस वेगास गोलीकाण्डपछि ‘ब्लेड रनर २०४९’को प्रिमियर रद्द
screennepal
प्रकाशित: २०७४, १७ आश्विन मंगलवार
no img

एजेन्सी, १७ असोज । हलिउड फिल्म ‘ब्लेड रनर २०४९’को रेड कार्पेट प्रिमियर रद्द गरिएको छ । लस वेगासमा भएको गोलीकाण्डपछि फिल्मको प्रिमियर रद्द गरिएको हो । सोमबार एक सांगीतिक कार्यक्रममा भएको गोली काण्डमा ५९ जनाको ज्यान गएको छ भने ५ सयभन्दा बढी घाइते भएका छन् ।

इन्टरटेनमेन्ट विकलीलाई प्राप्त एक वक्तव्यमा भनिएको छ, ‘गएको राती भएको दुखद घटनाका कारण वार्नर ब्रोस पिक्चर्स, सोनी पिक्चर्स र एल्कोन इन्टरटेनमेन्टको फिल्म ‘ब्लेड रनर २०४९’को हुने भनिएको रेड कार्पेट कार्यक्रम रद्द गरिएको छ ।’ विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । साथै, ओपन रोड फिल्म्सको फिल्म ‘मार्शल’कोे पनि रेड कार्पेट प्रीमियर रद्द गरिएको छ ।डेनिस विलेनोवेको निर्देशन रहेको ‘ब्लेड रनर २०४९’ मा रेयान गोसलिङ र हैरीसन फोर्डको मुख्य अभिनय छ । साइन्स फिक्शन ‘ब्लेड रनर’को यो सीक्वल फिल्म हो, जुन यो शुक्रबार  रिलीज हुँदैछ ।

Comments