काठमाडौं, १५ फागुन । कलाकारितमा छोटै समयमा आफुलाई स्थापित गराउने क्रममा रहेकी भक्तपुरकी पुजा थापा निकट भविष्यमा अभिनेत्रीका रुपमा डेब्यु गर्दैछिन् ।
पुजाको सानैदेखिको चाहना हो, अभिनय र मोडलिङ । आधुनिक गीतको म्युजिक भिडियोमा मोडलिङ गर्ने चहना बोकेकी पुजाले भनिन्, ‘मलाई चलचित्रको पर्दामा पनि देखिने रहर र इच्छा छ ।’ चलचित्रमा एउटी नायिकालाई आवश्यक पर्ने विधामा प्रशिक्षण लिरहेको बताउँने पुजा थापा भन्छिन्, ‘प्रतिस्पर्धा ठूलै हुने भएपनि ममा हिक्मत छ र संघर्ष गरिरहेकी छु ।’ पुजाले आगामी दिनमा अभिनय र मोडलिङ दुवै विधालाई एकसाथ अघि बढाउने सोच लिएकी छन् ।