मोडलिङ गर्दा–गर्दै निर्देशक बने राज
screennepal
प्रकाशित: २०७२, १० माघ आईतवार
no img

काठमाडौं । भनिन्छ, ‘दुईटा डुंगामा खुट्टा राख्यो भने यात्रा सफल हुँदैन ।’ तर, सबै भनाइ सही हुन्छन् भन्ने छैन । यहाँ यस्ता व्यक्ति पनि छन्, जो एकैसाथ दुई डुंगामा सवार गरिरहेका छन् । यि मध्येका एक हुन्, निर्देशक तथा मोडल राज किङ वाइबा ।

raj king waiba

हो, राजको करिअर सवार ठ्याक्कै यस्तै देखिन्छ । खाशमा उनी मोडल हुन् । तर, उनको सक्रियता अहिले निर्देशनमा बढी पाइन्छ । धेरैलाई लाग्छ, ‘मोडलिङ र निर्देशन फरक–फरक विधा हुन् । तर, राजको सन्दर्भमा एउटैजस्तो छ किनकि, उनले मोडलिङ र निर्देशनलाई एकैसाथ डो-याउँदै आएका छन् । यी दुवै विधामा उनी सफल पनि हुँदै आइरहेका छन् । छोटो समयमै आफ्नो क्षेत्रमा परिचित हुन पाउँदा राज दंग पनि छन् ।
‘म्हेन्दो माया’ बोलको गीतमार्फत मोडलिङमा करिअर प्रारम्भ गरेका राज भन्छन्, ‘सुरुमा मैले मोडलिङबाट रंगीन दुनियाँमा करिअर प्रारम्भ गरेको हुँ । अहिले आएर निर्देशनलाई पनि प्राथमिकतामा राखेको छु ।’ केही तामाङ भाषाको चलचित्रमा समेत नायकका रुपमा अभिनय गरिसकेका राजले हालसम्ममा एक सयभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेका छन् । उनी भन्छन्, ‘मैले तामाङ भाषा र नेपाली गरी दर्जनौ म्युजिक भिडियोमा मोडलिङ गरिसकेको छु । हिजोआज पनि निर्देशन सँगै मोडलिङमै ब्यस्त छु ।’
‘ल्हाप्साङ कर्पो’ र तान्जिङ बोर्जी’ जस्ता तामाङ भाषाको चलचित्रमा अभिनय गरेको बताउँदै उनले भने, ‘दुई सयको हाराहारीमा त मैले निर्देशन गरेको म्युजिक भिडियोको संख्या पुगिसक्यो ।’ मोडलिङ संसारमा चिनिसकेकाले अबका दिनमा आफूलाई निर्देशकका रुपमा पहिचान बनाउने आफ्नो उद्देश्य रहेको राजले बताए । बिबिएससम्म शैक्षिक अध्ययन गरेर कला क्षेत्र रोजेका राजले भने, ‘गर्न सक्यो भने कलाकारितामा पनि राम्रै भविष्य देख्छु ।’ उनले मोडलिङ र अभिनयमा भन्दा निर्देशनमा भविष्य खोज्न चाहेको बताए ।
‘एक कुसल निर्देशक भन्ने मेरो लक्ष्य हो’ राजले भने, ‘नेपाली कलाकारितामा थुप्रै राम्रा कलाकार छन्, तर यहाँ राम्रो निर्देशकको खाँचो छ ।’ म्युजिक भिडियोसँगै चलचित्र निर्देशनमा पनि आफ्नो रुचि र इच्छा भएको राजले सुनाए ।

Comments