सलमान खान ‘शिवभक्त’!
screennepal
प्रकाशित: २०७२, १८ असार शुक्रबार
no img

salman_sm_6502_070315021044

मुम्बई । बलिउड अभिनेता सलमान खान शिवभक्त हुन् त ? हालै एक कार्यक्रममा उनले भगवान शिवको स्केच कोरेपछि यस्तो आशंका गरिएको हो । केही दिनअघि सलमान ‘इन्डियन आइडल जुनियर’ को सेटमा पुगेका थिए । उक्त सेटमा सलमान खान बच्चाहरुसँग खूब मस्ती गरिहेका थिए । उनले बच्चाहरुसँग बसेर एक पेन्टिङ पनि बनाएका थिए । उनले निलो रंगले भगवान शिवको स्केच बनाएका थिए । सो स्केच देखेकाहरुले ठानेँ कि ‘सलमान शिवभक्त’  । सलमानले जर्जकै कुर्सीमा बसेर उक्त स्केच कोरेका थिए । सलमान विशेषगरी उक्त कार्यक्रममा आफ्नो अपकमिङ फिल्म ‘बजरंगी भाईजान’ को प्रमोशनमा लागि पुगेका थिए । सलमान पेन्टिङमा सौखिन छन् । तर उनले भगवान शिवकै पेन्टिङ बनाएकाले कतै सलमान ‘शिवभक्त हुन् कि’ भन्ने चर्चा चलाइएको हो । उनले केही समयअघि मात्र अभिनेत्री करिना कपूरलाई उनको एक पेन्टिङ बनाएर गिफ्ट दिएका थिए । Agency
salman_mos_070315021522

hari-parajuli-65

Comments